एसियन पुरुष तथा महिला भलिबल प्रतियोगितामा आज नेपाली टिमले प्रतिस्पर्धा गर्दै ।।
एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा आज नेपाली टिमले प्रतिस्पर्धा गर्दैछन् । नेपालको महिला टोलीले आज माल्दिभ्ससँग बिहान सवा ११ बजे खेल्नेछ । यस्तै पुरुष टोलीले उज्वेकिस्तानसँग बेलुकी पौने ६ बजे प्रतिस्पर्धा गर्नेछ । हिजो भएको खेलमा श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गर्दै नेपाली महिला टिमले जित हात पारेको थियो । तर पुरुष तर्फको खेलमा भने नेपाल आयोजक बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता छ । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् महिलातर्फ आयोजक बङ्गलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल पुगेछन् ।













