भनपा १ मा सरसफाई
भक्तपुर, भद्र २० गते
भक्तपुर नगरमा सबै भन्दा बढी कोरोना संक्रमित र जोखिम देखिएको भक्रपुर नगरपालिका वडा नम्बर १ क्षेत्रमा शनिबार विशेष सरसफाई गरेको छ । निषेधाज्ञाको बीचमा पनि सामाजिक दुरी राखेर स्थानीय महिला दिदी बहिनीहरुको सक्रियतामा वडामा सरसफाई गरिएको हो । सो वडामा गत हप्ता होम आइसोलेसनमा बसेका संक्रमितको समेत मृत्यु भएको थियो । कोरोना भाइरसको जोखिम व्यवस्थापनका लागि स्थानीय महिला दिदी बहिनी र टोलबासीहरुको संयुक्त प्रयासमा वडा कार्यालयको समन्वय र सहयोगमा सरसफाई गरिएको हो । सो कार्यक्रमको नेपाल क्रान्तिकारी महिला संघ वडा एकाईले नेतृत्व गरेको थियो ।

















