नेमकिपाको निर्वाचन घोषणा पत्र सार्वजनिक

नेमकिपाको निर्वाचन घोषणा पत्र सार्वजनिक
काठमाण्डौ, कार्तिक ०८ गते
नेपाल मजदुर किसान पार्टीले मंसिर ४ गतेको आमनिर्वाचनका लागि निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ । राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता एवं बैदेशिक हस्तक्षेपको विरोधमा केन्द्रीत सो घोषणा पत्र नेमकिपा अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले काठमाण्डौं मंगलबार सार्वजनिकीकरण गर्नु भएको हो । सो सार्वजनिकरण पश्चात पार्टीका सचिव प्रेम सुवालले घोषणा पत्रका मुख्य मुख्य बुद्धाहरुको जानकारी दिनुका साथै पार्टी अध्यक्ष विजुक्छेसँग विभिन्न सञ्चार माध्यमबाट आउनु भएका पत्रकारहरुको जिज्ञासाहरुमाथि प्रकाश पारेका थिए । सो कार्यक्रमको श्रब्यदृष्य………

राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता रक्षाका लागि बैदेशिक हस्तक्षेपको बिरोधमा लामो समय देखि सडक देखि सदनसम्म संघर्ष गर्दै आएको नेपाल मजदुर किसान पार्टीले आसन्न आम निर्वाचनका लागि निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमण्डौको बोनश्वरमा आयोजित एक समारोह बीच नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले सार्वजनिक गर्नु भएको निर्वाचन घोषणा पत्र राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति बारे जनतालाई सचेत पार्न निर्वाचन क्रान्तिको संकेत दिने एक ब्यारोमिटरको रुपमा प्रस्तुत गरेका हुन् ।
नेमकिपाका सांसदहरुले प्रतिनिधि सभामा देश र जनताको व्यापक हितमा नीति, कार्यक्रम र विधेयक निर्माण गर्ने एवं कामदार जनताको पक्षमा पारित गराउन संघर्ष गर्ने र देशघाटी सन्धि सम्झौतालाई रोक्न आवाज उठाउने छन,् घोषणा पत्रमा भनिएको छ । यसै गरी प्रदेशसभामा निर्वाचित नेमकिपाका प्रतिनिधीहरुले आआफ्नो प्रदेशमा बाटोघाटो, शिक्षा, स्वास्थ्य सेवा एवं देशमै युवाहरुलाई रोजगारी दिन उद्योग धन्धा, शिशुशाला, बाल उद्यान, जेष्ठ नागरिकहरुको सेवा गर्न आदर निकेतन आदिको बन्दोबस्त गर्न ऐन कानून बनाउन सबै जनतासँग छलफल गर्ने र उपभोक्ता समितिमार्फत गराउने कानुन निर्माण गराउन सदन र सडकमा संघर्ष गर्ने भनिएको छ । राजमार्ग र अन्य राष्ट्रियस्तरको निर्माण कार्यमा हिजो कालोसूचीमा परेका र वर्षौसम्म ठेक्कालाई अलपत्र पारी ठूल्ठूला पुल र सडकलाई बर्बाद पारी देश र जनतालाई दुःख दिने ठेकेदारहरुलाई पुनः ठेक्का नदिलाउने ऐन कानुन बनाउन सांसद र सडकमा जनतासँग मिलेर देशब्यापी संघर्ष गर्ने भनिएको छ । कस्ले क ेभन्छ ठूलो कुरा नभई कस्ले के गर्छ त्यो महत्वपूर्ण हुनेमा जोड दिदै सो अवसरमा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले राष्ट्रियता, सार्वभौकिता र देशको सिमा सुरक्षाका बारेमा धेरै ध्यान दिदै आएको बताउनु भयो । उहाँले भन्नु भयो, हामीले जे भन्छौ त्यो गछौं, हरेक जातजाती भाषाभाषीहरुलाई राष्ट्रिय मान्नेता दिने छौं ।
उत्पादनका साधन राष्ट्रियकरण गर्ने, जमिन जोत्नेलाई जमिन दिने, योग्यता अनुसार काम दिने समाजबादप्रति विश्वास नगर्ने कम्यूनिष्ट पार्टी र नेताहरु कम्युनिष्ट नहुने उल्लेख गर्दै तिनीहरुको आलोचना गर्दै आएको अध्यक्ष विजुक्छेले जोड दिनु भयो ।
एमसीसी, एसपीपी, नागरिकता विधेयकको विरोध गर्दै आएको नेमकिपाले देशलाई सिक्किम बनाउन खोज्ने नेपाली लेन्डुपहरुलाई परास्त गर्न आह्वान गरेको छ । सो अवसरमा नेमकिपा सचिव प्रेम सुवालले अध्यक्ष विजुक्छेले सार्वजनिक गर्नु भएको घोषणा पत्रका मुख्य मुख्य बुद्धाहरु प्रस्तुत गर्नु भयो र पत्रकारसँगको कुराकानीमा भन्नु भयो गठनबन्दनको भन्दा नेमकिपाले बढी उम्मेदबार उठाएको छ । नेमकिपाका उम्मेदबारहरुले देशको नेतृत्व गर्न सक्छ ।