नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालनमा आयो ।

नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालनमा आयो ।
दुई वर्षपछि नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण बन्द रहेको नेपाल–भारतमैत्री बससेवा हिजो देखि पुनःसञ्चालनमा आएको हो । कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी यातायात आवागमन अनुमति भएकाले हिजोदेखि नेपाल–भारत यात्रुमैत्री बससेवा पुनः सुरु गरिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिनुभयो । लामो समयदेखि रोकिएको बस सेवा पुनः सञ्चालन भएपछि भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो ।