भक्तपुरका ९ जना सहित उपत्यकामा ९८ जना संक्रमित, कोरिया मैत्री अस्पतालमा सिल
भक्तपुर, श्रावण ३१ गते
भक्तपुरका ९ जना सहित उपत्यकामा शनिबार ९८ जनामा कोरना संक्रमित भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत आज साँझसम्ममा संक्रमति ४६८ जना मध्य ९८ जना काठमाण्डौ उपत्यकाका संक्रमित रहेको जनाएको हो । यसरी संक्रमित हुने उपत्यकाबासीहरुमा काठमाण्डौ जिल्लाका ८० जना र ललितपुर, भक्तपुरका ९ ।९ जनामा कोरना संक्रमण फैलिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले टेकु अस्पताल र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा सामान २४ जना सङ्क्रमितको पुष्टि भएको बताउनुभयो ।
नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका आठ, विरेन्द्र अस्पतालमा काठमाडौंका तीन, सूर्या प्रयोगशाला–लाजिम्पाटमा काठमाडौंका दुई र स्टार अस्पताल सानेपामा काठमाडौंका दश तथा ललितपुरका सात जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बीआईडीएच ल्याबमा काठमाडौंका दश र ललितपुरका एक, वीर अस्पतालमा काठमाडौंका तीन र भक्तपुरका एक तथा बी एन बी अस्पतालमा ललितपुरका एकमा सङ्क्रमणको पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि मध्येपुर थिमीस्थित नेपाल कोरिया मैत्री अस्पतालमा अतिआवश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ सो अस्पतालमा कार्यरत ३ जना नर्स सहित ४ जनामा कोरना संक्रमण भएको बताइएको छ ।














