घरेलु महासंघद्वारा निर्यात गृह खोल्ने स्थान दिन महानगरपालिकासँग आग्रह

काठमाडौ, असार ६ गते
नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित बस्तुहरू स्थानीय निकायमा उपभोग गर्नुको साथै स्वदेश तथा बिदेशमा बिक्री बितरण गर्न निर्यात गृह खोल्नको लागि महानगरपालिकालाई स्थान उपलब्ध गराउन आग्रह गर्न महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानको नेतृत्वमा महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रिय कोषाध्यक्ष सत्यनारायण प्रजापति, प्रदेश उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र काठमाडौं अध्यक्ष सिता कार्की लगायतका प्रतिनिधि मण्डलले काठमाडौ माहानगरपालिकाका मेयर बिघा सुन्दर शाक्य ज्युसंग उहाँकै कार्यकक्षमा भेटगरी महासंघको सुझाव तथा प्रस्ताव पत्र हस्तान्तरण गर्नुभयो !

काठमाडौ जिल्ला , बाग्मती प्रदेश र नेपाल भित्र रहेका लघु घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेका बस्तुहरूको स्थानीय निकायमा प्रयोग गर्नुपर्नेमा काठमाडौ माहानगरपालिकाबाटै शुरुवात गर्न पनि अनुरोध गर्नुभयो! काठमाडौ माहानगरपालिकाका मेयरज्युबाट महासंघकोतर्फवाट गरीएको प्रस्तुतीकरणलाई गम्भीरताका साथ ग्रहण गर्नुभयो ! मेयरज्युले माहानगरपालिकाले माहासंघसंग पहिलादेखि नै सहकार्य गर्दै आइरहेको स्मरण गराउनुभयो ! उहाँले आगामी दिनहरूमा पनि महासंघसंग सहकार्य गर्दै जाने बिश्वास दिलाउनु भयो ! आ ब ०७७र७८ को नीति तथा कार्यक्रम बनाउन्दै गरेको ठिक समयमा नेपाली उत्पादनहरुको बिक्री बितरण तथा स्थानीय उपभोग बारेमा राम्रो प्रस्ताव ल्याएकोमा माहासघंलाई धन्यवाद पनि दिनुभयो ! काठमाडौ माहानगरपालिकाको मेयर साहेब ज्यु ले नीति तथा कार्यक्रममा माहासघंको सुझाबहरू समेतिन कोशीश गर्न सक्ने जानकारी गराउनुभयो ! माहासघंको प्रस्ताबमा बुंन्दागत रूपमा धेरै कुराहरू अनुरोधगरिएका छन् ।
१) लघु, घरेलु तथा साना उद्यम व्यवसायलाई राहत दिनुपर्ने ,
२) स्टीमुलस प्याकेजलाई चक्रीय कोषको स्थापना गर्नुपर्ने ,
३) लघु, घरेलु तथा साना उद्यमि व्यवसायिहरु लगायत महानगरपालिका भित्रका करदाताहरुलाई कर छुटको व्यवस्था गर्नु हुन ,
४) राजश्व प्रशासन लाई करदाता मैत्री बनाउनुपर्ने,
५) महानगरपालिकाका क्षेत्र भित्रका उद्यम व्यवसायहरुलाई थप व्यवस्थित गर्ने, आदि
बुँदाहरु महानगरपालीकाको नीतिमा समावेस गरिदिन अनुरोध गर्नुभयो ।
आगामि दिनहरुमा सार्वजनिक निजी साझेदारि कार्यक्रम अन्तर्गत महासंघ संग निकततम सहकार्यको निरन्तरता दिंदै लघु, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्धनका लागि कार्यक्रम संचालन गर्नु हुनेछ र सार्वजनिक निजि सम्वादको निति अपनाई महासंघको सहकार्यमा प्रभावकारी कार्यान्वयन गरिनेछ भने महासँघले बिश्वास गरेका छन्! लघु , घरेलु तथा साना उद्योगहरू नै देशलाई आत्मनिर्भरता तिर अग्रसर गर्न नभई नहुने उघोगीहरू हो भने कुरा बिकसित राष्ट्रहरूको इतिहासले बताएको छ!