संकट र माहामारीको बेलामा सहकारी संघ\संस्था …………एक अन्तरक्रिया

भक्तपुर, असार ३ गते
भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लिको मध्यपुर थिमि नगर सहकारी समन्वय उपसमितिको आयोजनामा मंगलबार समसामायिक विषयमा अन्तरक्रिया कार्यक्रम संघको सदस्य सेवा केन्द्र मध्यपुर थिमि न.पा. वडा न.६ पाटी विहारमा सम्पन्न भयो । कार्यक्रममा विशेष अतिथिको रुपमा नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्गले यस विषम परिस्थितिमा पनि सामाजिक दुरी कायम गरी समसामायिक विषयमा अन्र्तक्रिया कार्यक्रम संचालन गर्न सकेकोेमा सुखी व्यक्त गर्नु हुदै संकटको बेलामा सहकारी संघ÷संस्था बढी चिन्तीत भई सेवा पुप्याई रहेको कुरा बताउनु भयो । संस्थाले सदस्यको आवश्यकता अनुसार मात्र सदस्यलाई राहत दिनुपर्ने विचार उहाँले राख्नुभयो ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा अनौपचारिक समितिले प्रारम्भिक संस्थालाई निर्देशन दिन नहुने कुरा बताउदै औपचारीक निकायलाई नीतिगत सुझाव दिई सम्बन्धित निकायले निर्देशन जारी गराउनुपर्ने कुरामा जोड दिदै बन्दाबन्दीमा भक्तपुरमा रहेका संस्थाहरुसंग संघले आवश्यक कार्यक्रम अगाडी बढाएको र समन्वय सहकार्य गरि रहेको जानकारी दिनु भयो । संघका उपाध्यक्ष हरि बल्लले संघमा सदस्यता वृद्धिका कार्यक्रम अगाडि बढाएको कुरा बताउदैं गैर समुदायमा आधारित सहकारीलाई सहकारी मूल्य मान्यता अनुसार सुधार नगरेमा सदस्यतामा आवद्ध गराउन नसकिने विचार राख्नु भयो ।


संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको सेवा सुविधा, माहामारीको अवस्थामा संघले खेलेको भूमिका र संस्थाले खेल्नुपर्ने भुमिकाका बारे कार्यपत्र प्रस्तुतीकरण गर्नुभयो । उहाँले प्रस्तुती माथि उठेका जिज्ञाशाहरुको जवाफ समेत दिनुभयो ।
संघका कोषाध्यक्ष एंव उपसमितिका संयोजक कान्छा भक्त घजुले कार्यक्रमको सभापतित्व गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले आजको कार्यक्रममा समेट्न नसकेको सदस्य संस्थाको हकमा अर्को कार्यक्रममा समेट्ने विचार राख्नुभयो । कार्यक्रममा सदस्य संस्थाबाट २४ वटा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रमको संचालन सेवा केन्द्रका इन्चार्ज रमेश प्रजापतिले गर्नु भयो । उक्त कार्यक्रममा सेवा केन्द्र प्रभावकारी संचालन सम्बन्धमा सुझाव पनि संकलन गरियो ।