काठमाडौँ, वैशाख ३० गते
कोरना भाइरस परीक्षणकोक्रममा आज एकैदिन ५७ जानामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएकामा पर्सा जिल्लाका ३९ जना, कपिलवस्तुका ८, रुपन्देहीका ९ र वाराका १ जना गरी ५७ जना रहेका छन् । उहाँहरु सबै जना पुरुष रहेका छन् । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमा रहेको बताइएको छ । योसँगै नेपालमा संक्रमित संख्या १९१ पुगेको जनसख्या तथा स्वास्थ्य मन्त्रालयले उल्लेख गरेका छन् ।














