ख्वप विवि स्वीकृतका लागि भक्तपुरका उद्यमीको प्रधानमन्त्रीको ध्यानाकर्षण
२०७९ जेष्ठ २५ गते बुधबार ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालनको तयारीमा रहेको ख्वप विश्वविद्यालय स्वीकृती दिन प्रधानमन्त्री समक्ष भक्तपुरका उद्यमी व्यवसायीहरुले ध्यानाकर्षण गराएको छ । जिल्लाका जल्लाबल्दा ११ वटा विषयवस्तु प्रस्तुत गर्दै भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले बुधबार प्रधानमन्त्री शेरवहादुर देउजासँग भेटघाट गरेका हुन ।
प्रधानमन्त्री देउवा समक्ष भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री शिव प्रसाद मानन्धरको नेतृत्वमा गएको कार्य समितिको टोलीले भक्तपुर जिल्लाको समग्र आर्थिक विकासका लागि भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय स्वीकृति दिनुपर्ने भक्तपुर औद्योगिक ग्रामलाई हस्तकला ग्रामको रुपमा विकास गर्नुपर्ने, कमलविनायक नगरकोट सडक छिटो सम्पन्न गरी पर्यटन विकासमा जोड दिएका छन् । प्रधानमन्त्री समक्ष युवाहरुलाई स्वदेशमै स्वरोजगार अभिवृद्धिका लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।
सूर्यविनायकमा बन्दै गरेको राष्ट्रिय प्राणी उद्यान अबिलम्ब सञ्चालनमा ल्याउन, भक्तपुरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्नुपर्ने लगायतमा जोड दिएका हुन ।

कार्यक्रममा संघका अध्यक्ष मानन्धरले प्रधानमन्त्रीज्यूको दृढ अठोट र संकल्पका कारण हालै मुलकमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भयरहित एवं व्यवस्थितरुपमा सम्पन भएको र यसले लोकतन्त्रको संस्थागत विकास र संविधानको पूर्ण पालना प्रति वर्तमान सरकार प्रतिवद्ध छ भन्ने आम विश्वास र भरोसालाई बढाएको छ भन्नु भयो । यसले गर्दा नीजि क्षेत्र पनि राजनैतिक स्थायित्व र आर्थिक समृद्धि प्रति अत्यन्त उत्साहित बन्न पुगेको बताउनु भयो ।
वहाँले भक्तपुर उद्योग वाणिज्य संघ वि. संं. २०२३ सालमा स्थापना भई ५५ वर्षको लामो यात्रा पार गरि वर्तमान अवस्था सम्म आइपुग्दा विभिन्न अरोह अवरोहहरु आत्मसाथ गर्दै जिल्लाका निजीक्षेत्रको प्रतिनिधिमूलक संस्थाका रुपमा दरिलो उपस्थिति कायम गर्न सफल भएको पनि बताउनु भएको थियो ।
संघ जिल्लाका उद्योगी÷व्यवसायीहरूको संरक्षण प्रवद्र्धन गर्दै व्यवसायिक वातावरण सिर्जनाका माध्यमबाट जिल्लाको आर्थिक सामाजिक विकासमा योगदान दिंदै देश विकासमा टेवा पु¥याउने लक्ष लिएर अघि बढि रहेको पनि बताउनु भयो ।
सोही अवसरमा अध्यक्ष मानन्धरले भक्तपुर जिल्लाको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने र प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधार विकासका कार्यहरु सम्पन्न गर्न विशेष पहलका लागि अनुरोध गर्नु भयो ।
१. भक्तपुर नगरकोट जोड्ने सडक यथाशीघ्र कालो पत्रे गरिनु पर्ने ।
२. सूर्यविनायक नगरपालिकामा पर्ने राष्ट्रिय प्राणी उद्यानकेन्द्रको अविलम्ब निर्माण तथा संचालनमा ल्याउनु पर्ने ।
३. भक्तपुर जिल्लामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र सभाहल निर्माण गरिनु पर्ने ।
४. भक्तपुर नगरपालिकालाई ख्वप विश्व विद्यालय सञ्चालन गर्न स्वीकृत दिनु पर्ने ।
५. पर्यटन पूर्वाधारकोविकास गरी भक्तपुर आउने पर्यटकहरुको बसाई अवधि लम्ब्याउन तारे होटलहरु निर्माणको प्रवन्ध गरिनु पर्ने ।
६. हालको भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला ग्राम ९ऋचबात ख्ष्ििबनभ० को रुपमा विकास गरी औद्योगिक क्षेत्रलाई यथासिघ्र उचित स्थानमा स्थानान्तरण गरिनु पर्ने ।
७. व्यवसायीक कृषि खेती गर्नको लागि नेपालमै मल कारखाना खोल्नु पर्ने । जिल्ला भित्र उत्पादित कृषि उपजकोे वजारिकरण लागि कृषि थोक बजार केन्द्रको निर्माण गरिनु पर्ने ।
८. स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न श्रम ऐनमा आवश्यक सुधारगरी श्रम लागत छिमेकी मुलुक सरह बनाइनु पर्ने ।
९. नेपाली गार्मेन्ट उद्योगबाट उत्पादित बस्तु निर्यात गर्दा डण्डी र सिमेन्टमा जस्तै ८ प्रतिशत निर्यात अनुदान व्यवस्था गरिनु पर्ने ।
१०. आ. व. २०७९÷०८० बजेटमा बिद्युतीय सवारी साधानमा करका दरमा गरिएको बृद्धिबारे पुर्नविचार गरिनु पर्ने ।
११. युवाहरुलाई स्वदेशमै बसेर उद्योग व्यवसाय गर्न प्रोत्सान मिल्ने कार्यक्रमहरु ल्याउनु पर्ने र स्वदेशमा रोजगारी र्सजना गरिनु पर्ने ।















