सपनाको सुख

लेख
यज्ञबहादुर काकी

हो, सपना देख्नको लागि निदाउनुपर्छ । धेरै दिनदेखि न निदाएको मानिसलाई निन्द्रा पार्नु जरुरी छ न निन्द्रा पार्ने औषधि (सिल्पिङ्ग टेवलेट) दिने चिकित्सकले मात्रा भन्दा वढी टेवलेट खुवाईदिएर न सपना देख्नुपर्ने । न फेरि विऊतिनुपर्ने गराइदिए पछि फेरि सपना फेरि सपना देख्छु भन्नेले गुनासो गर्न पाएन । यदि यस्तो हो भने किन निदाएर सपना देख्न पाँउ भनेर चिकित्सकसंग अनुरोध गर्यो ? किन चिकित्सकले सदाको लागि न विउतिने गरि निदाउने टेवलेट दियो । हो, यस्तै भयो नेता महोदयले गर्दा यो देशको जनताको अवस्था । अब एउटा प्रश्न सोध्दछु। मेरा मित्रहरुलाई यस्ता अपराधि मनोबृती भएका चिकित्सकहरुलाइ कसले विश्वास गरिरह्यो ? किन गरि रह्यो ? के का लागि गरिरह्यो ?
भनौला फेरि यत्रो ठुलो परिवर्तन भयो, यति अधिकार सम्पन्न भयौ, नयाँ युगको थालनी भयो ? फेरि के चाहियो ? म फेरि प्रति प्रश्न गर्छु, गत २०४६ देखि यहाँसम्म आईपुग्दा कसको लागि राम्रो भयो त ? सपना वाडनेको या सपना देख्नेको लागि ? हो विश्वासपुर्बक टेवलेट खाने तिमीको ? आज पनि ठुला ठुला मानव अधिकार उलंघन गर्न सक्ने सांगठनिक शक्ति वनाएर वसेका र विभिन्न जाल ताना वुना गर्न सिपालुका फर्मुलाका धनी कसरी काम गरिरहेको छन भनी रहनु पर्ने हो र ? अब भन्नू पर्दा वारम्वार परेर नचेत्नेको कुनै समाधानको उपाए छैन । वत्तिमा होमिन जाने पुतली सरह ।
मुलुक कसको हातमा जान्छ भोली ? के त्यसको रुपरेखा आजै तय भएन र ? अब ५ वर्ष पछि कायापलट गराउन सक्ने शक्ति हुनेहरुले मुलुक वचाउनेको खोजी गर्न अवस्था आएन र ? अब भने सर्ब नाश हुनु भन्दा अर्ध नाश हुनु बेस भन्ने सोचौ । सोच्ने शक्ति ड्यामेज वनाई दिई सके भने अब विरामी झै भएर सुति रहुँ या त अब असल चिकित्सककहाँ जाउ ।
अफ्रिकाको धना जगंलमा एउटा रुख पाईन्छ जसलाई मांसाहारी रुखको नामले चिनिन्छ । उ चुपचाप अरुरुख सरह नै उठि रहेको हुन्छ । त्यो रुखको चारैतर्फ लहरा फिजिएको हुन्छ । जब सिकार नजिक आँउदछ, उसको पकड भन्दा बाहिर नपर्ने गरि अगाडि पर्छ । तब उसले आफ्नो लहराले कस्सिने गरि चारै तर्फ वेर्द्छ अनि लहरामा भएको काँढाले शरिरमा विभिन्न ठाउँमा घोपेर काढँको माध्यमबाट रगत चुसेर उसले खान्छ । तसर्थ अफ्रिकीहरु काम विषेशले घना जंगलमामा पस्दा दुवै हातमा धारिलो लामो चक्कु लिएर पस्दछन ताकि उसका लहराले लपेटिएर वेह्र्न नपाउदै लहरा काटि उम्कन सकुन । आफ्नो मताधिकार पनि लहरा काटने हतियार संझ अनि मांसाहारी रुख नजिक पुग्यौं भने आफ्नो हतियार वाट आफ्नो वचाव गर ताकि पुरै लपेटिन न परोस अनि जंगलमा लागेर के काममा गएको हो त्यो पूरा गर । आमा भन्दा ठुली मातृ भुमिको रक्षा गर, जाल झेलमा नफस , तिम्रो शक्त् िलिएर तिम्रै संन्ततीको नाश गर्ने आधुनिक भष्माशुरवाट सतर्क होऊ ।
ईश्वर माफ गर ।