चैत १९, केके मानन्धर
भक्तपुरको मध्यपुरस्थित निगुपुखू क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसियन नेपाल, ब्लोडानले घरदैलो रगत संकलन अभियान अन्तर्गत १३ औं चरणमा कार्यक्रम गरि मध्यपुरबाट रगत संकलन गरेको हो । भक्तपुर चेम्बर अफ कमर्श र लायन्स क्लब अफ भक्तपुर रियलटेकले समन्वय गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, भक्तपुरले प्राविधिक सहयोग गरेको थियो ।

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न देशैभर लकडाउन घोषणा गरेको छ । लकडाउनको चुनौतीलाई सामना गरेर कार्यक्रम गर्नुको औचित्य विषयमा सोधिएको प्रश्नमा भक्तपुर चेम्बरका अध्यक्ष तथा संयोजक न्हुछेरत्न मानन्धरले सुरक्षित भएर रक्तदान सम्पन्न गरेको दाबी गरे । ’अहिले सामाजिक दुरी बनाएर साबुनपानीले नियमित हात धुनु पर्छ । त्यसैले पनि ३र३ फिटको दुरी बनाएर निश्चित समयको लागि रक्तदान गर्याैं ।’ मानन्धरको भनाइ थियो ।
पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको छ । त्यसैले पनि ब्लोडानले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको ब्लोडान भक्तपुरका सचिव रूकेश रञ्जितले जनाए । ब्लोडानले स्थानिय संघसंस्थाको समन्वयमा यसअघि काठमाडौंको असन, ठमेल, कीर्तिपुर लगायतका ठाउँमा रक्तदान गरेको थियो ।

मध्यपुरमा रक्तदान गर्ने मनकारी महानुभावहरू तपसिल छन् ।
१) अनिला श्रेष्ठ
२) राजेश मानन्धर
३) निर्जला श्रेष्ठ
४) तुलसीराम श्रेष्ठ
५) दिलिपकुमार श्रेष्ठ
६) मुकुन्द रंजित
७) नारायण बहादुर मानन्धर
८) सुजित श्रेष्ठ
९) सरद श्रेष्ठ
१०) निर्मला श्रेष्ठ
११) सुविन श्रेष्ठ
१२) पञ्चकृष्ण श्रेष्ठ
१३) सुसन श्रेष्ठ
१४) सरोज मानन्धर
१५) पुष्पराम श्रेष्ठ
१६) सुदर्शन श्रेष्ठ
१७) दिपक श्रेष्ठ
१८) हरिभक्त श्रेष्ठ
१९) सुदर्शन श्रेष्ठ













