शहीद

शहीद
 रामकृष्ण प्रजापति

शहीद
जादु जस्तै लुकाउनु
कोमल बलिदानी मुस्कान ।

सम्बन्ध यसरी बनाउनु
एक घाइते बाघ जस्तै
तिम्रो क्रान्तिकारीपन ।

कसैको आँखा नलागोस्
राष्ट्रियता र सावैभौमिकतामा
तिम्रो संघर्ष देशभक्तिपन ।

सपना मुर्दा शान्ति नबनोस्
गुणगान तिम्रो मागौं क्रान्तिलाई
बस तिमी जस्तै भएर बसुन ।

मेरो शहीद
तिम्रो तस्वीर
छातीमा तासेर राखुन ।

माक्र्ससंग एक प्रश्न
हरेक वर्गसंघर्षमा म
तिम्रै पाऊमा बाँच्न पाउन ।

विपनादेखि नतर्सिनु
शसस्त्र क्रान्तिको समयमा
मसंग आई बसुन ।