भक्तपुर, बैशाख १५ गते
कोरना भाइरस संक्रमणको संभावित ७३९ जना भक्तपुरवासीहरुको परीक्षण सम्पन्न गरेको छ । पछिलो जानकारी अनुसार RDT बाट ३५३ र PCR बाट ३८६ जना गरी ७३९ जनाको कोरना भाइरस परिक्षण सम्पन्न गर्दा सबै जनामा कोरना भइरस संक्रमण नभएकोे रिपोर्ट आएको जिल्ला संकत व्यवस्थापन सेन्टरले जनाएको छ । गत चैत्र महिना देखि भक्तपुर आउने ४११ जनाको पहिचान गरी सेल्फ क्वारेन्टाइन पूरा गरेका ३६१ जनाको पनि यो अवधिमा कोरना भाइरसको परीक्षण सम्पन्न गरेको भन्दै सेन्टरले बाँकीको परीक्षण जारी रहेको जनाएको छ । सेन्टरको हालै बसेको बैठकले भक्तपुर जिल्लामा कोरना भाइरस प्रतिकार्यका लागि २९९ बेड रेहेको तीन वटा क्वरेन्टाइन, ५५ वटा आइसोलेशन कक्ष, २३ वटा भेन्टिलेटर र ३८ वटा आइस्यू बेड तयारी अवस्थामा राखेको जनाएको छ ।
लक डाकउनको समयमा इटा भट्टा लगायत भक्तपुर जिल्लामा रहेका ५० हजार मजदुरहरुलाई सम्बन्धित जिल्लाका जनप्रतिनिधीहरुसँगको समन्वयमा घर फर्काएको बताएको छ । अझै भक्तपुर जिल्लामा ३ हजार विभिन्न जिल्लाका र ३ हजार जति भारतीय मजदुरहरु समेत रहेकाले तिनीहरुलाई सुरक्षितरुपले घर फार्काउने पहल समेत भईरहेको जनाएको छ । भक्तपुरको जडिवुटी र साँग नाकाबाट भित्रिने गाडीहरुको निर्मलीकरणका लागि स्वयंसेवक परिचालन गरेको सो सेन्टरले लक डाउन प्रभावकारी बनाउन, राहात वितरण गर्न, हुलुमुल ब्यवस्थापन गर्न तथा बजार व्यवस्थापनमा समेत सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गर्दै आएको जनाएको छ ।













