२०७६ चैत १८ गते, मंगलबार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को पूर्वतयारी तथा प्रतिकार्यमा स्थानीय तहहरूबाट प्रभावकारी भूमिका निर्वाह गर्ने सन्दर्भमा काठमाडौं उपत्यकाका प्रमुखहरूसँगको बैठक मंगलबार बस्यो ।
लकडाउनको समयमा खाद्यान्न आपूर्ति र राहत वितरणमा एकरुपता आउने गरी उपत्यकाका सम्पूर्ण स्थानीय तहहरूले कार्यविधि बनाउन निर्देशन दिनुहुँदै मन्त्री त्रिपाठीले दैनिक ज्यालादारी गर्ने र गाँस–बासको समस्या हुने वास्तविक पीडितलाई लक्षित गरी राहत वितरणलाई प्रभावकारी रुपमा कार्यान्वयको लागि उहाँले आग्रह गर्नुभयो ।
उहाँले कोरोना सम्बन्धी छुट्टै कोष खडा गर्नु आवश्यक रहेको औंल्याउनुहुँदै स्वास्थ्यकर्मी, सफाइ मजदुरलगायत आकस्मिक सेवाहरूमा कार्य गर्नेहरूलाई व्यक्तिगत सुरक्षा सामाग्रीहरू प्रदान गर्न आह्वान गर्नुभयो ।
बैठकमा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर कार्यपालिकाको बैठकले कोरोना नियन्त्रणबारे केही महत्वपूर्ण निर्णयहरू गरिसकेको बताउनुहुँदै भक्तपुर नगरपालिकाले प्रत्येक वडामा अलग अलग तरकारी बजारको व्यवस्थापन गरेको र दिनहुँ माइकिङ मार्फत कोरोनाबारे सचेतनाको लागि माइकिङ गर्दै आइरहेको बताउनुभयो । भक्तपुर नपाले ज्याला मजदुरी गर्नेहरूको लगत संकलन गरिरहेको अवगत गराउनुहुँदै विदेशबाट फर्केका नेपालीहरूको सुरक्षाको निम्ति सरकारले सुरक्षित क्वारेन्टाइनको बन्दोबस्त गर्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।
नजिकिंदै गरेको भक्तपुरको बिस्का जात्रालाई औपचारिक पूजाआजामै सीमित गर्ने निर्णय गरिसकेको बताउनुहुँदै प्रमुख प्रजापतिले मन्दिर तथा पाटीहरूमा हुने दाफा भजन रोक्ने प्रयास नगरपालिकाले गरिरहेको बताउनुभयो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाको सम्भावित जोखिम नियन्त्रणको लागि काठमाडौं महानपाले १० करोडको राहत कोष स्थापना गरेको बताउनुहुँदै काठमाडौं उपत्यकाका स्थानीय तहहरूले उपलब्ध गराउने राहत समान ढंगको हुनुपर्नेमा जोड दिनुभयो । काठमाडौंमा फोहोर संकलन र तरकारी बजार व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको अवगत गराउनुहुँदै प्रमुख शाक्यले उपत्यकामा खानेपानीको अभाव पूर्ति गर्न ट्याङ्रमार्फत वितरण गरिनुपर्ने बताउनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने, पाटी र मन्दिरमा सुत्ने व्यक्तिहरूको लागि खानाको बन्दोबस्त गरेको बताउनुहुँदै
ललितपुर महानपामा लकडाउनको पूर्ण रुपमा परिपालन भइरहेको छ भन्नुभयो ।
बैठकमा मध्यपुर थिमी नपाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर नपाले कोरोना नियन्त्रणबारे गरेका निर्णयहरूबारे अवगत गराउनुहुँदै चियापसल, भट्टी र रेष्टुरेन्ट सञ्चालन बन्द गर्न कडाइका निर्देशन दिएको बताउनुभयो ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...














