भक्तपुर, चैत्र १८ गते
भक्तपुर नगरपालिकाले आज देखि नगरवासीहरुका लागि आवतजावत अनुमति पत्र वितरण गर्न थालेको छ । विश्वव्यापी कोरना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि नगरवासीहरुको सुरक्षित हिडदुलका लागि सो पास वितरण गरिएको हो । एउटा घर वा परिवारका लागि एउटा कार्ड वितरण गर्दै संकतकालिन यो अवस्थामा हुलमुलमा नहिड्न तथा सुरक्षा जाँचबाट पनि सुरक्षित हुने हिसावले यो पास वितरण गरिएको हो । अति आवश्यक कामका लागि घर बाहिर जानै परेको अवस्थामा पास कार्ड अनिवार्य लिएर मात्रै नगवासीहरु हिलडुल गर्न अनुरोध गर्दै नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी तथा स्वयंसेवकहरुको टोलीले घरघरमै पुगेर सो पास वितरण गरिएको हो । अव बजारमा तरकारी बेच्ने र किनेले पनि कार्ड लिएर हिड्नुपर्ने हुन्छ । जोसँग कार्ड छ, उमात्र हिड्न पाउँछ यसले एउटा परिवारबाट एक जना मात्रै बाहिर आउन पाउने हुने भएपछि बजारमा जनधनत्व पनि कम हुने विश्वास लिएको छ । कोरना भाइरसको जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि भक्तपुर नगरपालिकाको नगर परिषदले सोमबार नगरवासीहरुलाई पास वितरण गर्ने निर्णय गरेको थियो । सो पास बुधबार देखि लागु हुने जनप्रतिनिधी शिव बालाले बताएका छन् । उनका अनुसार नगरवासीहरुको घर घरमै पुगेर जनप्रतिनिधीहरुले पास कार्ड वितरण हुने छ । हाललाई एउटा घरलाई एउटा पासको व्यवस्था गरी भनपा ८मा पास वितरण भइरहेको छ । एक भन्दा बढी परिवार रहेकालाई पनि अहिलेलाई एउटै पासबाट काम चलाउनुपर्ने र वडा छोडेर अन्यत्र बसेका नगरवासीहरुले पनि आफू बसेकै वडाबाट पास लिन उपयुक्त हुने जानकारी दिनु भएको छ ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...














