भक्तपुर, चैत्र १८ गते
भक्तपुर नगरपालिकाले आज देखि नगरवासीहरुका लागि आवतजावत अनुमति पत्र वितरण गर्न थालेको छ । विश्वव्यापी कोरना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि नगरवासीहरुको सुरक्षित हिडदुलका लागि सो पास वितरण गरिएको हो । एउटा घर वा परिवारका लागि एउटा कार्ड वितरण गर्दै संकतकालिन यो अवस्थामा हुलमुलमा नहिड्न तथा सुरक्षा जाँचबाट पनि सुरक्षित हुने हिसावले यो पास वितरण गरिएको हो । अति आवश्यक कामका लागि घर बाहिर जानै परेको अवस्थामा पास कार्ड अनिवार्य लिएर मात्रै नगवासीहरु हिलडुल गर्न अनुरोध गर्दै नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी तथा स्वयंसेवकहरुको टोलीले घरघरमै पुगेर सो पास वितरण गरिएको हो । अव बजारमा तरकारी बेच्ने र किनेले पनि कार्ड लिएर हिड्नुपर्ने हुन्छ । जोसँग कार्ड छ, उमात्र हिड्न पाउँछ यसले एउटा परिवारबाट एक जना मात्रै बाहिर आउन पाउने हुने भएपछि बजारमा जनधनत्व पनि कम हुने विश्वास लिएको छ । कोरना भाइरसको जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि भक्तपुर नगरपालिकाको नगर परिषदले सोमबार नगरवासीहरुलाई पास वितरण गर्ने निर्णय गरेको थियो । सो पास बुधबार देखि लागु हुने जनप्रतिनिधी शिव बालाले बताएका छन् । उनका अनुसार नगरवासीहरुको घर घरमै पुगेर जनप्रतिनिधीहरुले पास कार्ड वितरण हुने छ । हाललाई एउटा घरलाई एउटा पासको व्यवस्था गरी भनपा ८मा पास वितरण भइरहेको छ । एक भन्दा बढी परिवार रहेकालाई पनि अहिलेलाई एउटै पासबाट काम चलाउनुपर्ने र वडा छोडेर अन्यत्र बसेका नगरवासीहरुले पनि आफू बसेकै वडाबाट पास लिन उपयुक्त हुने जानकारी दिनु भएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...












