कोरोना भाइरस संक्रमण बारे महामहिम सिलाई नेमकिपा अध्यक्ष विजुक्छेको सदभाव पत्र

भक्तपुर, माघ १८ गते

चिनियाँ वसन्त पर्व तथा नयाँ वर्षको बेला चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले जनस्वास्थ्यमा पारेको प्रभावप्रति सहानुभूति र सदभाव व्यक्त गर्दै नेपाल मजदुर किसान पार्टीले शनिवार चिनीयाँ महामहिम तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिन फिंगलाई सदभाव पत्र पठाएको छ । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंले जारी गर्नु भएको सो पत्रमा कोरोना भाइरसले पारेको प्रभावको गम्भिर र जतिल परिस्थितिको विश्लेषण गर्दै सो विपतिबाट चिनीया जनतामा पारेको प्रभाव, चोट र अप्ठ्यारो बारे अनुभूति गरेको जनाएको छ ।
चीनमा शनिवारसम्म २ सय ५९ जनाको मृत्यु भइ सक्दा ११ हजार ७ सय ९१ जनालाई कोरोना भाइरसबाट प्रभावित भएको छ भने १७ हजार ९ सय ८८ जनामा संक्रमणको आशंका गरी स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये १हजार ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको पनि चिनियाँ स्वास्थ्य अधिकारीले जनाएको छ । संक्रमति मध्ये २ सय ४३ जनाको सफल उपचारपश्चात अस्पतालबाट घर फर्काइएको छ । अहिलेसम्ममा दुई दर्जन देशहरुमा पनि यो भाइरसको संक्रमण फैलिएपछि संक्रमण थप नफैलियोस भन्नका लागि अन्य मुलुकहरुले चीनबाट आउने यात्रुहरुलाई प्रवेश निषेध गर्न थालेको छ । यो विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले पनि आपत्कालिन अवस्थाको घोषणा गरिसेको छ । जनस्वास्थ्यमा विश्वभर चकित र आतंकित पार्ने गरी फैलिएको कोरना भाइरसले चीनीया जनतामा पारेको चोट र अप्ठेरो महसुस गरेको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले चिनीयाँ महामहिम तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिन फिंगलाई सदभाव पत्र पठाएको हो ।

विपतिको बेला नेपाली जनता, नेमकिपाका समस्त नेता,कार्यकर्ता तथा समर्थकहरुको तर्फबाट महामहिमज्यू, चिनीयाँ कम्युनिष्ट पार्टी, चिनिया जनता र चीन सरकारप्रति हार्दिक सहानुभूति प्रकट गर्दै सदभाव व्यक्र गरेको छ । यो संकटको बेला महामहिम सिको नेतृत्वमा सिंगो चीन,चिनियाँ जनता एक ढिक्का भई धैर्य, साहस र होसियारिका साथ समस्या समाधानमा जुतिरहेको समाचारले सबैलाई उत्साहित गरेको बताएको छ । संक्रमणको रोकठाम र नियन्त्रण कार्यमा शीघ्र सफलता मिल्ने विश्वास व्यक्त गर्दै अध्यक्ष विजुक्छेले प्रकोप नियन्त्रण गर्न,संक्रमित जनताको स्वास्थ्य उपचार गर्न, आवश्यक बन्दोबस्त गर्न र क्षति न्यूनिकरण गर्न चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सरकारले देखाएको तत्परता र उच्च सतर्कताको सारा विश्व सराहना गरेको जनाएको छ । स्वास्थ्यकर्मीहरुको व्यापक परिचालन, जनशक्ति र प्रविधिको व्यापक उपयोग, बैज्ञानिक अनुसन्धान कार्यमा तिव्रता तथा हप्ता दिनमा सरकारले गरेको अगुवाई तथा जिम्मेवारपूर्ण कार्यका जति प्रशंसा गरे पनि कम हुने जनाएको छ ।
संक्रमित क्षेत्रमा अत्यन्त प्रभावित क्षेत्रमा अस्पतालहरु निर्माण कार्य तिव्र गतिमा जारी रहेको र रोगीहरुलाई विशेष स्वास्थ्य सेवा दिइने खवरले अत्यन्त सकारात्मक सन्देश प्रभाव भएको भन्दै अध्यक्ष विजुक्छेले विश्वकोलागि यो प्रेरणादायी तथा अनुकरणीय विषय भएको उल्लेख गर्दै जनस्वास्थ्यको क्षेत्रमा विरलै पाइने एक उदाहरण या सफलता भएको जनाएको छ ।
विगतमा झै यो व्यापक संक्रमणमाथि पनि विजय हासिल गर्न चीनलाई सफलता मिल्ने विश्वास व्यक्त गर्दै अध्यक्ष विजुक्छेले यो सफलता चिनीया जनताको लागि मात्र महत्वपूर्ण नभई विश्व स्वास्थ्य क्षेत्रको निम्तिसमेत उत्तिकै महत्वपूर्ण रहेको भन्दै यो सम्बेदनशील घडीमा सबैको साझा प्रयास, हातेमालो र अगुवाईको अपेक्षा गर्नु भयो । साथै चीनमा वसोवास गर्दै आएका र रहेका नेपाली एवं विभिन्न देशका नागरिकहरुको निम्ति चीन सरकारले यथोचित बन्दोवस्त गरिरहेको समेत बिश्वास व्यक्त गरेको छ ।