सवारी दुर्घटनामा कासुलाको निधन

भक्तपुर, माघ १८ गते

सवारी दुघर्टनामा उज्वल कासुलाको निधन भएको छ । शुक्रबार राती ख्वप कलेज डेकोचा स्थित चाँगुबाट डेकोचा आउँदै गरेको बा १३ च १०५० नम्वरको सामान बोक्ने सानो हात्ती गाडी दुर्घटनामा हुँदा कासुलाको निधन भएको छ । दुर्घटनमा परि गम्भिर घाइटे भएका भक्तपुर नगरपालिका वडा नम्वर ६ निवासी १७ वर्षका उज्वल कासुलाको च्याम्हासिंहस्थित जनस्वास्थ्य सेवा केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडि आफै अनियन्त्रित भई दुर्घटना भएको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरले सो घटनाको अनुसन्धान कार्य गरिरहेको बताएको छ । मृतक कासुलालाई पोष्टमार्टमको लागि भक्तपुर अस्पताल लगिएको छ भने सवारी साधनलाई नियन्त्रणमा लिइ भनपा ६ निवासी चालक राधेश्याम लवजुलार्ई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताएको छ ।