भाज्या पुखु

प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ


भक्तपुर पोखरीहरूको पनि शहर हो । यस शहरको पश्चिम, वडा नं. १ मा ठूला पोखरीहरू छन् । तःपुखु (सिद्धपोखरी), नःपुखु (गुह्य पोखरी), रानी पुखु लगायत भाज्या पुखु (भाज्या पोखरी) उदाहरणस्वरूप छन् । धार्मिक–सांस्कृतिक दृष्टिले मात्र नभएर ऐतिहासिक एवं पुरातात्विक दृष्टिले समेत यी पोखरीहरू महत्वपूर्ण छन् । नेपालमण्डल (काठमाण्डौ उपत्यका) मा रहेका ठूला पोखरीहरूमध्ये भक्तपुर नगरपालिका, वडा नं.१, दूधपाटी टोलका पोखरीहरू पनि अपवाद होइनन् ।
मध्य भागमा सुरिलो शिखरमन्दिरसहितले सुरम्य हुने गरी बनेका दुर्लभ पोखरीहरूका प्रसङ्गमा, नेपालमण्डलका प्राचीन, ठूला पोखरीहरूमध्येको एक माउ पोखरी भाज्या पुखु हो भनी मान्न सकिन्छ । ईस्वीको बाह्रौ शताब्दीमा यो पोखरी बनेको थियो । भक्तपुरले नेपालमण्डलको राजधानी बन्ने सुरसार कसेको समयतिर सिद्धपोखरीसंगसंगै त्यसकै समीपमा बनेको पोखरी यो थियो । यस पोखरीको बीचमा शिखरशैलीको सुन्दर मृण्मन्दिर थियो । हाम्रो अन्वेषणबाट सो मन्दिर शिवमन्दिर थियो भन्ने देखिन आएको छ । जलाशयको मध्यभागमा बनेको मन्दिरमा स्थापित शिवलिङ्गलाई सांस्कृतिकजीवनले जलेश्वर महादेवको रूपमा मान्दै पुज्दै आएको पाइन्छ । कान्तिपुरस्थित रानीपोखरीको शिवलिङ्ग होस् वा भक्तपुर दधिकोटस्थित चरखण्डीस्थानको खोलाको मध्यभागमा स्थापित प्रकृतिउत्पन्न स्वयंभूलिङ्ग होस् वा जनकपुरधामको महोत्तरी जिल्लाको जलका महादेव होस् † ती सबै जलेश्वरकै रूपमा पुजिदैं आएको पाइन्छ । जलका ईश्वर जलेश्वर †

भक्तपुर शहरभित्र साना पोखरीहरू छन् । शहरबाहिर भने भार्वाचोभेकमा मात्र ठूला पोखरीहरू तःपुखु, भाज्या पुखु, नःपुखु, रानी पुखु छन् । यो भेक अन्यत्र स्थानका तुलनामा केही उच्च भागमा छ । त्यस्तै भक्तपुर शहरबाहिर पूर्वमा पनि यी भन्दा केही साना तर शहरभित्रका अन्य पोखरीहरूका तुलनामा ठूला पोखरीहरू छन् । यातुबहारे पुखु
(कमलपोखरी) र लामगाल पुखु उदाहरणस्वरूप छन् । यसरी शहरीबस्तीबाहिरका उच्च भागमा किन ठूला पोखरीहरू बनेका होलान् भन्ने कुरा विचारणीय छ । यस कुराको उत्तर ललितपुर र कान्तिपुरका ठूला पोखरीहरूलाई पनि प्राचीन शहरी बस्ती बसाइ“का परिप्रेक्षमा हेरेर खोज्नुपर्ने हुन्छ । तसर्थ कान्तिपुर शहरबाहिर पूर्वमा नागपोखरी, रानीपोखरी लगायत ललितपुर शहरबाहिर दक्षिणमा सप्तपाताल र कुमारीपाटीभेकको त पुखु नमुनाका रूपमा लिन सकिन्छ । नेपालमण्डलका यी ठूला पोखरीहरूको मूल जलस्रोत आसपासको उच्चभागबाट बहने खोला वा नदीको मुहानबाट राजकुलो हु“दै अन्य ठूलो कुलोबाट आउने पानी लगायत एवं वर्षाकालमा जम्मा हुने पानी पनि हो भन्ने देखिन्छ । माथिबाट मन्तिर बग्नु पानीको प्रधान प्राकृतिक–नियम हो । जे होस् † यी ठूला पोखरीहरू यसको आसपासका साना सहायक पोखरीहरू, ईनार, ढुङ्गेधारा, कुवा आदिका पनि स्रोत हुन् र त्यसकै निदानका लागि यसरी ठूला पोखरीहरू बनेका हुन् भन्ने कुरा जानिन्छ । त्यसैगरी शहरभित्रको विशेषगरी भार्वाचो, इताछेंमा पोखरीका पानी विशेष निकासका माध्यमबाट ढुङ्गेधारा, कुवा, इनारमा पठाएर, सदाकाल पानीको प्रबन्ध सबैतिर सर्वसुलभ ढङ्गले भइरहोस् भन्नाका लागि, शहरबाहिरका खेतहरूमा पानी लाउनका लागि, आसपासका दिगुद्यःहरूको पूजाप्रबन्धका लागि पवित्र जल लिन, तीर्थस्नान गर्न आदि अनेक बहुउपयोगका लागि बनेका हुन् भन्ने कुरा पनि दृष्टिगोचर हुन्छ । कान्तिपुरको रानीपोखरी होस् वा भक्तपुरको भाज्या पुखु
होस् † ठूला पोखरीहरूका आसपासमा सहायक पोखरीहरू, ढुङ्गेधारा, कुवा, ईनार, जलद्रोणी आदि पनि मूल पोखरीहकै अभिन्न अंगकै रूपमा रहेका हुन्छन् । ती पनि पोखरीवास्तुकै अभिन्न अंश हुन् भन्ने कुरा बिर्सनु हुन्न । पोखरीमा पानी जम्मा भएपछि वा भरीभराउ भएपछि बढ्ता भएको पानी बाहिर जाने निकास पनि बनेका हुन्छन् । सिद्धपोखरीको बढी भएको पानी यसको सहायक इनमा पुखुमा जम्मा हुन्थ्यो । सिद्धपोखरीको केही पर उत्तरमा भिरालो परेको भागमा कुवा छ । नःपुखुको बढी भएको पानी यसको सहायक कालदहचामा जम्मा हुन्छ । कान्तिपुरको रानीपोखरी आसपासमा पनि सहायक पोखरी र ढुङ्गेधाराहरू छन् । हाम्रो भाज्या पुखु पनि यस कुराको अपवाद होइन । असगःहिति, बजिगांचाहिति, मिवा हिति उदाहरणस्वरूप छन् । भाज्या पुखुको दक्षिणतर्फका खेतका कान्लाहरूमा केही दशक अघिसम्म पनि कुवाहरू थिए । भार्वाचोमै पनि इनार र जलद्रोणीहरू छन् । शहर पस्ने पश्चिमाभिमुख सेतो भार्वाचोध्वाका सामुन्नेको कुनामा मध्यकालीन ढुङ्गेधाराको कलात्मक सुन्दर टुटो परित्यक्त अवस्थामा देख्न सकिन्छ । वर्षाकाल बित्न लाग्दा पनि पानी नपरेर हाहाकार हुन पुग्ने जनजीवनले ‘हर हर महाद्यः वा वय् द्यः ’ भनी यी नै पोखरीहरू परिक्रमा गर्न जाने संस्कृति आज पनि जीवन्त छ । यस प्रकार यी उदाहरण–प्रमाणहरूका आधारमा भाज्या पुखु मात्र नभएर नेपालमण्डलका ठूला पोखरीहरू एउटै अभिप्रायले मात्र नभएर अनेक बहुउपयोगी अभिप्रायले अनेक माध्यमबाट सर्वत्र जल वितरण गर्न बनेका विशेष जलभण्डार हुन् भन्ने कुरा थाहा पाइन्छ । र, यी मन हर्ने जलाशयहरू तत्कालीन समयमा शहरी सुन्दरता, शोभा र प्रतिष्ठाका प्रतीक मात्र नभएर राजनैतिक कूटनैतिक जमघट लगायत सांस्कृतिक विधिविधान सम्पन्न गर्ने खुला आकाशमुनिका प्रकृति र पर्यावरणमैत्री वातावरणसित सुहाउने खुला तीर्थस्थल समेत थिए ।

पूर्वमध्यकालीन नेपालको राजधानीशहर भक्तपुरका दुई ठूला पोखरीहरूबाट प्रेरित भएर नेपालमण्डलमा साना–ठूला पोखरीहरू परवर्तीकालका अनेक कालखण्डमा बनेका हुन् भनी मान्न सकिन्छ । भाज्या पुखुको अन्वेषण र उत्खनन हुनु अघिसम्म हामीलाई पनि लागेको थियो कि वास्तुशैली उस्तै मिलेकाले कान्तिपुरको रानीपोखरी
(ने.सं.७९०÷वि.सं.१७२७))बाट पे्ररित भएर भाज्या पुखु बनेको हुनुपर्छ । तर भाज्या पुखु रानीपोखरीभन्दा पनि करीब पा“चसय वर्ष पुरानो देखिन आयो । कुरा त स्पष्ट छ, नेपालमण्डलको राजनैतिक विभाजनपछि स्वतन्त्र राज्यका रूपमा देखापरेका तीन मल्लराज्यबीच एकले अर्कोलाई उछिन्ने कलाकृति बनाउने प्रतिस्पर्धात्मक–प्रवाह चल्यो । कान्तिपुरको रानीपोखरी पनि त्यस कुराको एउटा सुन्दर उदाहरण हो । राजनीतिले राज्यलाई विखण्डन गर्न सक्छ, संस्कृति र संस्कारलाई होइन । भक्तपुर त तीनवटै राज्यको मूल राजकीय बासस्थान थियो । राजनैतिक रूपले कान्तिपुर र ललितपर भक्तपुरबाट छुट्टिएर गए तापनि सांस्कृतिक रूपमा छुट्टिएको थिएन । सारा मल्लहरूको वा भनौ
नेपालमण्डलको सांस्कृतिक मूल थलो भक्तपुर नै थियो । आङ्खनो मूल बासस्थानका उच्चतम देवीदेवताहरूका प्रतिरूपहरूलाई ललितपुर र कान्तिपुरका मल्ल राजाहरूले आ–आङ्खनो राज्यमा प्रतिष्ठापित गर्दै लगे । यसो हु“दा राजा प्रतापमल्लले आङ्खनो पुर्खाको मूल थलोको भाज्या पुखुलाई हेरेर त्यस्तै, तर त्यो भन्दा पनि दुई गुना ठूलो हुने गरी रानीपोखरी बनाई छाडे । रानीपोखरी भाज्या पुखुकै तर बृहत् आकारको सुन्दर प्रतिरूप थियो ।

भाज्या पुखुको मध्यभागमा मन्दिर थियो भन्ने कुरा हाम्रो अन्वेषण र उत्खनन अघिसम्म पनि कसैलाई थाहा थिएन । यो कुरा महŒवपूर्ण र विचारणीय थियो । सो मन्दिर मल्लकालको उत्तराद्धतिर आइपुग्दा नै जीर्णोद्धारको अभावमा भत्किएर, विस्मृतिमा परेर डम्फुमा परिणत हुनपुगेको थियो । यसैकारण मल्लकालपछिका पुस्ताले त्यहा“ मन्दिर थियो भन्ने कुरा सम्म पनि बिर्सन पुगे । र, यस्तो प्रतीत हुन्छ, यसको विनाशको कारण प्राकृतिक र राजनैतिक दुबै थियो । ने.सं.८०१ (वि.सं.१७३८) मा नेपालमण्डलमा ठूलो भूकम्प गएको थियो । त्यसले धेरै क्षति भएको थियो । सो भूकम्पले यो मन्दिर पनि त्यसैबेला भत्किएको हुनुपर्छ । विनासले विकास र सिर्जना पनि लिएर आएको हुन्छ । त्यसपछि भक्तपुरका राजा जितामित्र मल्ल र उनका छोरा भूपतीन्द्र मल्लको ध्यान जीर्णोद्धार, पुनर्निर्माण र नवनिर्माणतिर विशेष गएको देखिन्छ । भक्तपुर शहरको सुन्दरीकरण पनि यी नै बाबुछोराको पालामा विशेष भएको देखिन्छ । हाम्रो भाज्या पुखु पनि त्यतिबेलाका भार्वाचोटोलका भार्वाचो कसको नेतृत्वमा जीर्णोद्धार भयो होला । तर त्यसपछि भने मल्ल राजाहरूबीच चलेको राजनैतिक कलह, आक्रमण–प्रत्याक्रमण एवं त्यसपछिको गोर्खाली आक्रमणहरूका कारण अन्य कलाकृति लगायत भाज्या पुखुको संरक्षण, संवद्र्धन गर्ने तर्फ चाहेर पनि कसैको ध्यान गएन । वि.स.१८२६ मा गोर्खालीहरूले भक्तपुर पनि जितेपछि मल्लराज्यको पतन भयो । त्यसपछि भने यो झनै विरानो र परित्यक्त बन्न पुग्यो । पोखरी लगायत मन्दिरका अवशेषहरू यताउति परे, यसका सुन्दर र आकर्षक भागहरू मानिसहरूले उठाएर लगे, योसित अभिन्न रूपले जोडिएर रहेका आसपासका सम्पदा, खुला स्थानहरू, चउरहरू, पाटी आदि पनि हराए । र, वर्तमानमा यो यसरी पोखरीमै खुम्चिएर रहनु प¥यो । आज फेरि एकपल्ट यसको सपना झैं लाग्ने सत्य सुन्दर र शोभामय विगत वर्तमानमा भक्तपुर नगरपालिकाको नेतृत्वमा वास्तविक हुन गइरहेको छ । यसरी भक्तपुर नगरपालिकाले पोखरीको जीर्णोद्धार एवं मन्दिरको पुनःनिर्माण गर्न लागिपरेको छ । यो वर्तमान इतिहासको सुन्दर एवं अनुकरणीय, अविस्मरणीय पक्ष भएर रहने छ ।