६४ औं सहकारी दिवसको अवसरमा १० सहकारी पुस्कृत
६४ औं राष्ट्यि सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेडले आज १० उत्कृष्ठ सहकारीहरुलाई पुरस्कृत गरेको छ । वरिष्ठ सहकारीविद कैलाशभक्त प्रधानांगले ती १० उत्कृष्ठ सहकारी र सहकारीकर्मीहरुलाई सम्मानित गर्दै नेपालमा सहकारी अभियानको इतिहास खोत्नुपर्नेमा जोड दिनु भयो । २०१३ सालमा स्थापना भएको बखानपुर सहकारीको इतिहास नै नेपालको सहकारी इतिहासको सुरु नभएको भन्दै उहाँले वि.सं. २०००मा जुद्ध सम्शेरले स्थापना गरेको सहकारी र मधुभाषा सहकारीको सही इतिहासलाई पनि केलाउनु सान्दिर्भिक हुने विचार व्यक्त गर्नु भयो । सहकारीको नाममा सहकारी संस्था भाग्ने माहोल बढेको उल्लेख गर्दै यसले सहकारीमा जनविश्वास गुम्न सक्ने भएकाले त्यस्ता सहकारीहरुलाई नियमन गर्नुपर्ने बताउनु भयो । नेपाल बचत संघका पूर्व अध्यक्ष समेत रहनु भएका प्रधानांगले प्रविधिमैत्री सहकारी नभई सहकारी मैत्री प्रविधि बनाउनुपर्नेमा जोड दिनु भयो ।
संघका अध्यक्ष केदार थापाको सभापतित्वमा आयोजित उक्त कार्यक्रम भक्तपुर बचत तथा ऋण सहकारी संघ लिं, भक्तपुर कृषि सहकारी संघ, भक्तपुर दुग्ध विकास सहकारी लगायत विभिन्न सहकारी संघ संस्थाहरुको संयोजनमा सो कार्यक्रम आयोजना भएको हो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...












