पाठेघर परीक्षणसम्बन्धी स्वास्थ्य शिविर
भक्तपुर, १७ माघ । भक्तपुर नगरपालिका ९ नं वडा कार्यालय र महिला स्वास्थ्य परिचालन समिति भनपा ९ को संयुक्त आयोजनामा शनिबार पाठेघर परीक्षणसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भयो ।
दत्तात्रय आधारभूत विद्यालयको प्राड्डणमा भएको उक्त शिविरमा २०७ जना महिलाहरूको पाठेघर तथा स्तन परीक्षण गरिएको थियो भने १४ जना पुरूषहरूको पनि स्तन परीक्षण भएको थियो ।
शिविरको उद्घाटन समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रोग लागेपछि उपचारभन्दा रोग लाग्नुपूर्वको स्वास्थ्य परीक्षण महŒवपूर्ण हुने उल्लेख गर्दै भक्तपुर नगरपालिकाले नगरवासीहरूको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर ख्वप अस्पताल सञ्चालनको तयारी गरिरहेको प्रस्ट पार्नुभयो ।
कोरोना महामारीको त्रासले धेरैजसो महिलाहरू उपचारका लागि स्वास्थ्य केन्द्र नगइरहेको र महिलाहरूमा रोग लुकाउने प्रवृत्ति देखिएको चर्चा गर्दै प्रमुख प्रजापतिले समयमै आफ्नो स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गर्नुभयो ।
भक्तपुर नगरपालिका ९ नं. वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले वातावरणीय प्रदूषण, परिवर्तित जीवनशैली र खानेकुरामा मिसावटका कारण कडा र प्राणघाटक रोगहरू बढी देखिएको हु“दा समयमै रोगको निदान गरी उपचार गर्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो । स्वास्थ्य उपचार सेवा मह“गो भएकोले घर–परिवारमा एक जनामात्र बिरामी हु“दा पनि पूरै परिवारलाई तनाव हुने उहा“को भनाइ थियो ।
भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अफिसर डा. रूपम पाण्डेले पाठेघरको मुखको क्यान्सरबारे जानकारी दि“दै पापस्मेयर परीक्षणले रोग लाग्नुपूर्व नै सावधानी अपनाउन सहयोग पुग्ने प्रस्ट पार्नुभयो ।
नेमकिपा भनपा ९ वडा समन्वय समितिका संयोजक कृष्णभक्त लवजूले कम शुल्कमा डाक्टरी पढाउने व्यवस्थासहित भक्तपुर नगरपालिकाले ख्वप विश्ववद्यालय सञ्चालनको माग गरेकोमा सरकारमा गएका पु“जीवादी दलहरूले पक्षपात गरेको बताउनुभयो ।
कार्यपालिका सदस्य छोरीमैया“ सुजखू (प्रजापति) ले नगरवासीहरूलाई स्वास्थ्य सेवामा सहज पहु“च पु¥याउन नगरपालिकाले घरदैलो नर्सिङ सेवा सञ्चालन गरेको उल्लेख गर्नुभयो ।
स्वास्थ्य स्वयंसेविका दयालक्ष्मी प्रजापतिले महिलाहरू घरेलु कार्यमा बढी व्यस्त रह“दा आफ्नो स्वास्थ्यप्रति संवेदनशील हुन नसकेको बताउ“दै महिलालक्षित स्वास्थ्य शिविर राख्नुको औचित्यताबारे जानकारी दिनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक, नर्स एवं नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा परीक्षण गर्ने सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
महिलाहरूको पाठेघर र पुरूषहरूको स्तन परीक्षणबारे अझै पनि जनचेतनाको अभाव भएको चर्चा गर्दै पुरूषहरूले पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सकको सुझाव थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान
2026-10-27 Comments Off on खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान
खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान भक्तपुर, १०...
नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन
2026-10-26 Comments Off on नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन
नंखेल जग्गा विवादः अनाधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन भक्तपुर / सूर्यविनायक नगरपालिकाले वडा नं. ९ स्थित कित्ता नं. १३०२...
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
2026-10-26 Comments Off on चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामदभक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिकाबाट जुवातास...
असोजमहिनामाभक्तपुरकोअपराधघट्यो, विपद्बाट१करोड३०लाखभन्दाबढीकोक्षति
2026-10-26 Comments Off on असोजमहिनामाभक्तपुरकोअपराधघट्यो, विपद्बाट१करोड३०लाखभन्दाबढीकोक्षति
असोज महिनामा भक्तपुरको अपराध घट्यो, विपद्बाट १ करोड ३० लाखभन्दा बढीको क्षति भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ असोज...
स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचन
2026-10-26 Comments Off on स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचनललितपुर,वि.सं. २०८२ चैत्र ७ गतेदेखि हरेक महिनाकाे पहिलाे शनिबारका दिन एकजना...













