संस्थागत विद्यालयहरूका प्रधानाध्यापकहरूसँगको बैठक सम्पन्न
२०७७ पुस २६ गते, आइतबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका संस्थागत विद्यालयहरूका प्रधानाध्यापकहरूको बैठक आइतबार सम्पन्न भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण जोखिमका कारण विगत १० महिनादेखि बन्द रहेका विद्यालयहरू वैकल्पिक सिकाईलाई निरन्तरता दिंदै अभिभावकहरूको पूर्व स्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्व तयारी तथा कार्ययोजना बनाई मात्र २०७७ माघ १ गतेदेखि कक्षाहरु सञ्चालन गर्न आग्रह गर्नुभयो ।
प्रमुख प्रजापतिले गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिक सत्रभरि नखुल्दा विद्यार्थीको शैक्षिक भविष्य नै अन्योलमा रहेको अवगत गराउनुहुँदै विद्यालय सञ्चालन सबैको साझा सरोकारको विषय भएकोले भक्तपुर नगरपालिकाले सम्बन्धित सरोकारवालाहरूको चरणबद्ध छलफलपश्चात २०७७ माघ १ गतेदेखि कक्षाहरू सञ्चालन गर्ने निर्णयमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो — तर यो बाध्यकारी होइन विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर विद्यालयहरुले निर्णय गर्न सक्छन् । नगरपालिकाले सहज बनाइदिएको मात्र हो ।
उहाँले आवश्यक सचेतता अपनाई विद्यालय सञ्चालन गर्नु आजको आवश्यकता भएको औंल्याउनुहुँदै कतिपय सामुदायिक विद्यालयका विद्यार्थीहरूमा अनलाइन कक्षाको पहुँच नभएको हुँदा भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा १, २ र ३ मा वर्क सिट वितरण गरेको बताउनुभयो ।
उहाँले अभिभावक र विद्यार्थीहरूको भावना बुझेर सुरक्षित ढंगले कक्षा सञ्चालन अगाडि बढाउन अनुरोध गर्नुहुँदै कक्षा सञ्चालनको लागि भक्तपुर नपाले सामुदायिक विद्यालयको लागि साबुन, क्लोरिन र फेससिल्ड पनि वितरण गरिसकेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले कोभिड १९ का कारण धेरैको जीवनशैली र सोचाइमा परिवर्तन आएको बताउनुहुँदै कोभिडले जीवनउपयोगी शिक्षा पनि प्रदान गरेको बताउनुभयो । कोभिड नियन्त्रणको लागि नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा विभिन्न संघ संस्थाहरूबाट सहयोग प्राप्त भएको बताउनुहुँदै उपप्रमुख जोशीले २५ शैय्याको एचडीयु सञ्चालनको तयारी भइरहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित हुनुभएका प्रधानाध्यापकहरूले विद्यालय सञ्चालनको लागि आवश्यक तयारीमा जुटिरहेको र सोको लागि अभिभावकहरूसँग पनि छलफल गरेको, शैक्षिक सत्र सुरु ढिलाई हुँदा विद्यार्थीहरूको विवरण भर्ने विषयमा अन्योल देखिएको, स्थानीय पाठ्यक्रम अगाडि बढाउन सन्दर्भ सामाग्रीको अभाव भएकोलगायतका राय—सुझाव प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौलाले विद्यालय सञ्चालनका क्रममा आवश्यक स्वास्थ्य सुरक्षाका विधि पूर्ण रुपमा पालना गर्न अनुरोध गर्नुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














