भक्तपुरका २८ सहित देशभर ८१८ संक्रमित थपिए

भक्तपुरमा २८ सहित देशभर ८१८ संक्रमित थपिए

भक्तपुर, भाद्र ७ गते
भक्तपुरका २८ जना सहित काठमाण्डौ उपत्यकामा १६६ जना कोरोना संक्रमित आईतबार साँझसम्म थपिएका छन् । योसँगै देशभर ८ सय १८ जना संक्रमित थपिएको स्वास्थ्य तथा सञ्चार मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा काठमाण्डौका १३६ जना , ललितपुरका १२ जना र भक्तपुरका २८ जना रहेकाका छन् । देशभर आइतबार ८१८ संक्रमित थपिएकाहरुमा २२० महिला र ५५८ जना पुरुष  रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाएको छ । संक्रमित मध्ये अहिले सक्रिय संक्रमितहरु १३ हजार १५५ जना रहेका छन् भने कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । यसै गरी संक्रमितबाट निको भएर घर फर्केनेको संख्या १८ हजार ६३१ जना पुगेको  छ । आईतबार मात्रै २८१ जना निको भएका थिए । अहिले ११ हजार ४१४ क्वारेन्टिनमा रहेका छन् । संस्थागत आइसोलशेनमा ९ हजार २१२ र होम आइसोलेनमा ३ हजार ९४३ रेहको डा. गौतमले जनाए । आईतबार थप तीन जना कोरना संक्रमित मृत्यु भएको छ । मृत्यु हुनेहरुमा झापाका ५८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला तथा सर्लाहीका ३३ वर्षीया महिला रहेको  छ । आईतबारसम्म मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । आइतबार एक्कै दिन ८ हजार २६ पीसीआर परीक्षण गर्दा देशभर ८१८ जना नयाँ संक्रमित भएका थिए ।