भक्तपुरका ५० जना संक्रमित १ जना वृद्धको मृत्यु

भक्तपुरका ५० जना संक्रमित १ जना वृद्धको मृत्यु

भक्तपुर, भाद्र ५ गते
भक्तपुरमा कोरना भाइरसको जोखिम उच्च भएको देखिएको छ । शनिवार साँझ सम्मको पीसिआर परिक्षणको नतिजा अनुसार जिल्लामा शनिबार एक्कै दिन ५० जना कोरना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर ६३४ जना संक्रमित मध्ये भक्तपुरबाट कोरोना परीक्षण गरिएका मध्ये ५० जनाको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएको छ ।
यसै गरी कोरोना संक्रमित भक्तपुरका ७३ वर्षीय एक पुरुषको पनि मृत्यु भएको जनाएको छ । यो संगै कोरना संक्रमित भई मृत्यु हुनेको संख्या भक्तपुरमा २ पुगेको छ भने देशभर मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।
शनिबार १२ हजार ५१९ पीसिआर परीक्षणमा ६३४ जनामा सक्रमण देखिएको थियो । उपत्यका थप २१६ जना संक्रमित भएका हुन । काठमाण्डौका १६०, ललितपुरका ६ र भक्तपुरका ५० जना संक्रमित रहेका हुन ।
शनिबार साँझसमम देशभर ३१ हजार ११७मा कोरना संक्रमित भएका छन् । शनिबार मात्रै १३६ जनाले कोरोना जितेर घर फर्केका छन् ।