मिनिमार्ट अनुगमन, म्याद नाघेको सामानहरु नष्ट, जथाभावी लेवलिड्ड नगर्न आग्रह

मिनिमार्ट अनुगमन, म्याद नाघेको सामानहरु नष्ट, जथाभावी लेवलिड्ड नगर्न आग्रह

भक्तपुर, १७ श्रावण ।
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मिनिमार्ट तीन वटामा अनुगमन भयो । लकडाउन खुकुलोसंगै बजार भाउ महंगीएको र गुन्हीपुन्ही(गाईजात्रा)लाई लक्षित गरी क्वाटी सहित खाद्य पसल अनुगमन गरेकोमा खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र बिना नै जथाभावी लेवलिड्ड गरेको पाईएको संयोजक गोराले बताउनु भयो ।

अनुगमनमा साकोठामा रहेको भक्तपुर मिनि मार्ट खुद्रा विक्रेतामा दर्ता गरिराखेकोले मिनि मार्टमा दर्ता गर्नुपर्ने, म्याद नाघेको सामानहरु अत्याधिक रुपमा रहेको जसमा स्ट्रवेरी च्यू ३ बट्टा, किसान टोमाटो सस् ३ वटा, क्लासिक ओइल ९ वटा, लेयर्स २० पाकेट, ओटास् ३ पाकेट, कर्नफ्लेक्स १ पाकेट, बोनजोर स्पाइस ५ पाकेट, टर्मेरिक पाउड १२ पाकेट, डाईजेस्टिभ विस्कुट १२ पाकेट जफत गरी नष्ट गरियो भने उक्त पसलमा पाकेजिड्ड सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिड्ड सामानमा लेभल राख्न निर्देशन दिएको र तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन तराजु एक थान जफत गरिएको छ भने स्टाफहरुमा एप्रोन, माक्स, पञ्जा, श्यानिटाईजर सहितको कोभिड १९ बाट सुरक्षित रहन सुझाब दियो ।

त्यस्तै च्याम्हासिंहमा रहेको नाइन स्टार सपिड्ड सेन्टरमा खुद्रा विक्रेतामा दर्ता गरिराखेकोले मिनि मार्टमा दर्ता गर्नुपर्ने, पाकेजिड्ड सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिड्ड सामानमा लेभल राख्न निर्देशन दिएको र म्याद नाघेको र विग्रेको सामानहरु थाइम १ बट्टा, केराउ १०.५०० केजि, मकै ५०.५०० केजि जफत गरि नष्ट गरियो भने स्टाफहरु र ग्राहकहरुमा एप्रोन, माक्स, पञ्जा, श्यानिटाईजर सहितको कोभिड १९ बाट सुरक्षित रहन सुझाब दियो ।
त्यस्तै नमस्ते किराना स्टोर दर्ता प्रमाण पत्र नदेखिएकोले दर्ता नभए तीन दिन भित्र दर्ता गर्न, पाकेजिड्ड सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिड्ड सामानमा लेभल राख्न निर्देशन दिएको र प्याकेजिड्ड सामानमा तौल नपुग भएकोले तराजु एक थान जफत गरिएको कुरा वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।

अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुःज किजू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक राजन बनमालाको सहभागी थियो ।