अध्यक्ष विजुक्छेद्वारा बाल उद्यान निरीक्षण
भक्तपुर, श्रावन ४ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले निर्मानाधिन बाल उद्यानको निरीक्षण गर्नु भएको छ । भक्तपुर नगरपालिकाले निर्माण थालेको सो बाल उद्यानको आईतबार निरीक्षण गर्नु भएको हो । भक्तपुर नगरपालिका वडा नम्वर १० स्थित आवास क्षेत्रमा बाल उद्यान निर्माण भइरहेको छ । सो निरीक्षणमा नगर प्रमुख सुनिल प्रजापति पनि सहभागि हुनु हुन्थ्यो ।

x











