फुटबल खेल्दा कोरना संक्रमण !

भक्तपुर, असार ४ गते
फुतबल खेल्दा खुट्टा फ्याक्चर भएका युवामा कोरना संक्रमण पुष्टि भएको छ । भक्तपुर नगरपालिका वडा नम्वर ६ भोलाछें निवासी २२ वर्षिय युवामा कोरना पुष्टि भएपछि थप उपचारका लागि गएराती पातन अस्पतालमा पठाएको स्थानीय वडाध्यक्ष डाक्टर हरीराम सुवालले जनाएको छ । खुट्टामा प्लास्टर गरेर मात्रै मात्रै नहुने थप उपचारका लागि शाल्यक्रिया गर्नुपर्ने भएपछि असार १ गते भक्तपुर अस्पतालमा उनको कोरना परीक्षणका लागि स्वाब संकलन गरेको थियो । कोरना रिर्पोटपछि मात्रै थप उपचार गर्ने तयारीमा रहेकाती संक्रमित युवाको खुट्टाको उपचार गर्न नपाइकनै अस्पतालको आइसोलेशनमा पठाएको छ ।

यद्यपी उनको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्दै वडाध्यक्ष सुवालले संक्रमण पुष्टि भएका व्यक्तिका सम्पर्कमा रहेकाहरुमा पनि कुनै कोरनाको लक्ष्यण नदेखिए पनि तिनीहरुको कोरना परीक्षण थालिएको बताएको छ । पेसाले सिकर्मी रहेका संक्रमित युवामा कोरना संक्रमण देखिएपछि भोलाछेस्थित संक्रमितको आसपासका ३५ घर सिल गरेको छ । संक्रमितका परिवारजन र सम्पर्कमा पुगेका व्यक्तिहरुको समेत स्वाब संकलन गर्दै संक्रमित युवाको यात्रा विवरण संकलन कार्य थालेको उहाँले बताउनु भयो । परिवारका सदस्यहरुका भनाई अनुसार रोपाइमा बाहेक अन्त कहि नगएकाले अस्पतालमा उपचारका क्रममा जाँदा ति युवालाई कोरना संक्रमण भएको आसंका गरीएको छ ।