भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुद प्रतियोगिता जारी आज उसु खेल सम्पन्न, उत्कृष्ठहरु आजै पुरस्कृत

भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुद प्रतियोगिता जारी आज उसु खेल सम्पन्न, उत्कृष्ठहरु आजै पुरस्कृत
हिजोबाट सुरु भएको भक्तपुर भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिता आज पनि जारी छ । नगरका विभिन्न क्षेत्रमा जारी सो प्रतियोगिता अन्तर्गत ८४ वटा विद्यालयका ३ हजार २ सय भन्दा बढी विद्यार्थीहरु सहभागि छन् । यसै प्रतियोगिता अन्तर्गत हिजो र आज भएको प्रतियोगितामा नासमनामा भएको उसु खेलको सम्पूर्ण खेलहरु सम्पन्न गरी उत्कृष्ठहरुलाई आजै पुरस्कृत गरेको छ । सो प्रतियोगितामा १०विद्यालयकाका १०० जना छात्र छात्राहरुले सहभागिता जनाएको थियो ।


यसै बीच कमलविनायक खेल मैदानका खोखो प्रतियोगिता आयोजना गरिएको छ। आजबाट सो प्रतियोगिता सुरु गरिएको हो भने दत्तात्रय मन्दिर परिसरमा टेकान्डो प्रतियोगिता आयोजना गरिएको छ भने महेश्वरी खेलमैदानमा फुटवल, यसै बीच लिवाली कर्वड हलमा जिम्यास्टिक प्रतियोगिता आयोजना गरिएको छ । बेखालस्थित टेवुलटेनिस हलमा भोलीबाट टेवुलटेनिस खेलको प्रतियोगिता सुरु हुने प्रशिक्षक मुना बासुकलाले जनाएको छ ।