भक्तपुरमा फैसला कार्यान्वयनतर्फका सात फरार प्रतिवादी पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतका प्रहरी इकाइहरूले अदालतबाट दोषी ठहर भई फरार रहेका सात जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

मंसिर १ गते जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमी र जगातीलगायत मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न मुद्दामा फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बैंकिङ कसुर मुद्दाका ५ जना र चेक अनादर मुद्दाका २ जना रहेका छन् । प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरूबाट १८ दिन कैद र ५ लाख ७२ हजार ५०० रुपैयाँ जरिवाना असुल हुन बाँकी छ । त्यस्तै, चेक अनादर मुद्दाका २ जना प्रतिवादीबाट २ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ ।

पक्राउ परेका सातै जनाबाट कुल १८ दिन कैद र ५ लाख ७४ हजार ५०० रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक कुमार कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ