भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा भीषण आगलागी, लाखौँको क्षति

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा भीषण आगलागी, लाखौँको क्षति

भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आज बिहान भीषण आगलागी भएको छ । कम्प्लेक्सको छैटौँ तल्लामा रहेको The Tranquil Times Spa & Wellness Pvt. Ltdबाट सल्केको आगोका कारण लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार कम्प्लेक्सको छैटौँ तल्लामा रहेको सोही स्पाबाट आगो सुरु भएको थियो । प्रारम्भिक रूपमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगो नियन्त्रणमा लिन अहिले भक्तपुरको बारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियतामा प्रयास भइरहेको छ ।