लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रम

लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रम
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को नया“ गठित उपसमितिका सदस्यहरुलाई स्वागत तथा परिचयात्मक एवं ने.सं.११४७ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम साविक भक्तपुर न.पा वडा नं. १५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि खर्बुजाले देशको पछिल्लो राजनितिक अवस्थाको चर्चा गर्दै अहिले बनेको सरकारबाट पनि नेपाली जनताले अपेक्षा गरे अनुरुप कार्यहरु गर्न नसकेको बताउनु भयो । पछिल्लो तथ्याड्ढ अनुसार नेपालको बाह्य ऋण ३० खर्व पुगेको जानकारी दि“दै सरकारले ठूलो धनराशीको ऋण लिइ देशलाई अझ नराम्रो आर्थिक अवस्थामा पु¥याउन खोजेको अल्यौंउनु भयो । उहा“ले संस्थाले गरेको गतिविधिको चर्चा गर्दै सहकारी स“ग आवद्ध सम्पूर्ण पदाधिकारीहरुले सहकारी शिक्षाका साथसाथै राजनीतिक ज्ञान समेत हुनु पर्ने बताउनु भयो । संस्थाले सहकारी सिद्धान्त अनुसार निरन्तर कार्य गर्दै आएकोमा अहिलेको नया“ कार्यसमितिले पनि सोहि अनुसार कार्य गर्दै जाने अपेक्षा व्यक्त गर्नुभयो ।


भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले सहकारी संस्थामा आवद्ध भए पछि गर्नुपर्ने कार्यहरुको बारेमा बताउदै अहिलेको देशको आर्थिक राजनीतिक अवस्था दमादोल भएकोले तत्काल सुधारमा ल्याउनु पर्ने र यस विषयमा सर्वसाधारण लगाएत सहकारीमा आवद्ध सदस्यहरु समेतले अवाज उठाउनुपर्ने बताउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष राजन जतिले संस्थाले स्थापना कालदेखि निरन्तर सदस्यहरुलाई अतिरिक्त गतिविधि, तालिम, सामाजिक क्रियाकलापहरु गर्दै आएको र आगामी दिनहरुमा नया“ बन्ने उपसमितिहरुबाट पनि यस्ता क्रियाकलापहरुलाई निरन्तर गर्दै जाने अपेक्षाका साथ शुभकामना तथा बधाई दिनुभयो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति प्रनेश बाटीले सबैको साथ सहयोगबाट मात्रै सहकारी प्रगतिको बाटोमा लम्कन सक्ने कुरा राख्दै सम्पूर्ण पदाधिकारीहरुबाट आगामी दिनहरुमा सोहिअनुसार साथ सहयोगको अपेक्ष गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा नया“ गठित सम्पूर्ण सदस्यहरुले आ–आफ्नो परिचय दिनुभएको थियो भने उपाध्यक्ष्ँ प्रविन लागे र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले पनि बोल्नु भएको थियो ।