नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ

नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ

भक्तपुर, ११ कात्तिक ।

वि.सं. २०८२ भदौ २४ गते ‘Gen-Z’ आन्दोलनको क्रममा ललितपुरस्थित नख्खु कारागारबाट भागेका चोरी मुद्दाका दुई जना फरार कैदीबन्दीलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर र मातहत कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०८३ कात्तिक १० गते सूर्यविनायक नगरपालिका वडा नं. ३, बालकोटबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत बिहार स्थायी घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २८ वर्षीय ‘तेलपानी’ भनिने जितेन्द्र पोदार र सोही ठाउँका २० वर्षीय चन्दन गिरी रहेका छन्।

भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (DSP) दीपक कुमार कार्कीका अनुसार पक्राउ परेका दुवै कैदीबन्दीलाई आवश्यक कारबाहीका लागि मिति २०८३ कात्तिक ११ गते नै पुनः कारागार कार्यालय नख्खु, ललितपुर पठाइएको छ।