भक्तपुर, १० असोज । सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि।को १६ औं वार्षिक साधारणसभा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलित गरि उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सहकारी कसरी विग्रनुको कारण सदस्यहरु सचेत नहुँदा संचालक र व्यवस्थापक गलत मनसायले रकम अपचलन गरी घरजग्गा र गाडीमा व्यक्तिगत स्वार्थमा लगानीले भएको बताउनुभयो । उहाँले सदस्यहरुको हित हुने समुहिक कार्यमा सहकारीले लगानी गर्नुपर्ने बताउँदै रोजगारी दिने सीपमूलक तालिम, स्वास्थ्य शिविर, नयाँ पुस्तालाई अध्यापन गराउने र आत्मनिर्भर हुन सक्ने बनाउन सहकारीले काम गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले आधारभूत आवश्यकता पूर्ति नगर्दा किसानले खेतीकामबाट विमुख भइरहेकोले सहकारीले यस क्षेत्रमा पनि काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीकर्मीहरु पारदर्शी ढंगले आर्थिक अनुशासन रहि अख्तियार दुरुपयोग हुने कुनैपनि कार्य गर्न नहुने बताउनुभयो । उहाँले स्थानीय सरकारको स्वीकृति विना प्रदेश सरकारले बहुउद्देश्यीय सहकारीहरु दर्ता गर्दा धेरै सहकारी समस्या आएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकामा रहेको सहकारी र संचालकहरुले बचत फिर्ता नदिएकाहरुको सम्पत्ति रोक्का गरेको बताउँदै सहकारी सबैका लागि एक र एकका लागि सबै हुनुपर्नेमा अहिलेको सहकारी एकका लागि सबै भइरहेको अर्थात सबैको पैसा एक जनाले लगानी गरी दुबाउने गरेको बताउनुभयो । उहाँले प्रकृति विपत्ति र बर्षाबाट हुने क्षति बारे जानकारी दिइ सदस्यलाई सचेत बनाउनुपर्ने भन्नुभयो ।
कार्यक्रममा भनपा ४ नं वडाध्यक्ष उपेन्द्र सुवालले सहकारीको मुख्य उदेश्य जनताको बचत उत्पादनशील क्षेत्रमा लगानी गरे सुरक्षित हुने बताउनुभयो । उहाँले निस्वार्थ सेवाभावले काम गरे सहकारी नविर्गने र सदस्यलाई सचेत गर्न साधारणसभामा छलफल गरि व्याजको लोभमा बचत नगरिकन समुदायमा आधारित सहकारीमा गर्नुपर्ने बताउनुभयो । उहाँले सीपमूलक तालिम लगायत सामाजिक कार्य गरी सदस्य उत्थानमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले सहकारीमा निगरानी गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाले पनि सीपमूलक र भाषा तालिम दिइएको, कला संस्कृति, सम्पदा संरक्षण र सरसफाइमा जोड दिएको बताउनुभयो ।
कार्यक्रममा गपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि।को १६ औं वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले सहकारी राम्रोसँग संचालन भए नभएको विश्लेषण गर्ने अचुक उपाय भनेको पल्स विश्लेषण रहेको बताउनुभयो । उहाँले सहकारी भनेको केवल बचत गर्ने र ऋण लिने संस्था मात्र नभई सदस्यहरूबीच आपसी सहयोग, विश्वास, सहकार्य र आर्थिक अनुशासन कायम गर्दै समुदायको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि।ले विगत १६ वर्षदेखि आफ्ना सदस्यहरूको आर्थिक आवश्यकता पूरा गर्दै समुदायमा पुर्याउँदै आएको योगदान प्रशंसनीय छ भन्नुभयो । उहाँले गपली टोल सुधार समिति र सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि।बीच समुदायको विकास, आर्थिक सचेतना तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा आगामी दिनमा अझ घनिष्ठ सहकार्य हुँदै जाने अपेक्षा पनि राख्दछु। उहाँले आजको साधारणसभाले संस्थाको विगतको समीक्षा गर्दै आगामी वर्षका लागि स्पष्ट नीति, योजना र कार्यक्रम तय गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ। साधारणसभाबाट सदस्यहरूको भावना र आवश्यकतालाई समेट्दै संस्थाको आर्थिक सुदृढीकरण, सुशासन, पारदर्शिता र दिगो विकासका लागि महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गर्दछु भन्नुभयो ।
कार्यक्रममा लेखापरीक्षक शंकर बुढाथोकीले ३८५ तरलताले नाफा कम भएको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी एवम् गायक हरिसुन्दर लाखे श्रेष्ठले सुरक्षित सहकारी हुनुको कारण योग्य र सक्षम व्यक्ति र स्थानीय नेतृत्व गरेको सहकारी नबिग्रने बताउनुभयो ।
कार्यक्रममा पतंजली योग समिति बागमती प्रदेशका सचिव कृष्ण राम गणेशले वचतसंगै स्वास्थ रहन बिहानै उठेर छिकोन वा योग आवश्यक छ भन्नुभयो ।
संस्थाका अध्यक्ष रविन छुस्याकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव रामप्रसाद प्रजापतिले प्रगति प्रतिवेदन पेश गर्नुभयो । संस्थाका सदस्य गणेशमान हाकुदुवालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक राजु त्वातीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने स्वागत मन्व्य बचत उपसमितिका संयोजक गौरी छुस्याकी र संचालन प्रिया भट्टले गर्नु भएको थियो ।












