शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २६ औँ वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर। शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २६ औँ वार्षिक साधारण सभा शनिबारका दिन संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको अध्यक्षतामा सम्पन्न भएको छ। संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय कृष्णप्रसाद सुवालको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष तथा २६ औँ वार्षिक साधारण सभा तयारी उपसमिति संयोजक निर्मला सुवालले व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन चजिला कर्माचार्य र अनिल भाञ्जुले गर्नुभएको थियो।
साधारण सभाको अवसरमा संस्थाका उत्कृष्ट बचतकर्ता, अनुशासित ऋणी, विद्यार्थी तथा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ। संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले ज्येष्ठ सदस्यहरूलाई दोसल्ला र खानेकुरा वितरण गरी सम्मान गर्नुभयो। सो अवसरमा कक्षा ८, एस.ई.ई. र कक्षा १२ उत्तीर्ण उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। असल बचतकर्ता र नियमित बचतकर्ताको रुपमा (पुरुष)ः पुरुषोत्तम कर्माचार्य (स.नं. ८७१) नियमित बचत (महिला)ः लक्ष्मी केशरी लघु (स.नं. २९१५) दैनिक बचतकर्ताः सन्तोषी लामा (स.नं. ६८६१) असल ऋणी सम्मानःराजन शिल्पकार (स.नं. १४३७) कृष्ण माया श्रेष्ठ (स.नं. १९९०) महेश बहादुर खर्बूजा (मन्तव्य सहित) समानित गरेको थियो ।
कर्माचारी सम्मान अन्तर्गत संस्थाका प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठ (२० वर्ष सेवा) वरिष्ठ सहायक रामचन्द्र दथुपथे (२५ वर्ष सेवा) वरिष्ठ सहायक सूमित्रा कर्माचार्य (१० वर्ष सेवा) वरिष्ठ सहायक शंखराम कासुला (१० वर्ष सेवा) लाई सम्मानित गरेको थियो ।
बन्द सत्र तथा प्रतिवेदन प्रस्तुतपहिलो सत्रको अन्त्यमा अध्यक्षलाई माइक हस्तान्तरण गरी सुरु भएको दोस्रो सत्र (बन्द सत्र) मा संस्थाको साङ्गठनिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनहरू १. वार्षिक प्रगति प्रतिवेदन तथा नीति÷कार्यक्रमः सचिव पुष्पलाल तिमिला द्वारा प्रस्तुत, २. आर्थिक प्रतिवेदन तथा आगामी वर्षको अनुमानित बजेटः उपाध्यक्ष एवं कार्यवाहक कोषाध्यक्ष निर्मला सुवाल द्वारा प्रस्तुत, ३. लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनः लेखा संयोजक कृष्ण प्रसाद नापित द्वारा प्रस्तुत, ४. बाह्य लेखा परीक्षकको प्रतिवेदनः प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठ द्वारा प्रस्तुत, ५. सञ्चालक समितिका निर्णय अनुमोदन तथा नीति–नियम संशोधनः उपाध्यक्ष निर्मला सुवाल द्वारा प्रस्तुत विषयहरुमा छलफल गरी पास गरेको छ ।













