विश्व मानव अधिकार संरक्षण संगठन नेपालको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न

विश्व मानव अधिकार संरक्षण संगठन नेपालको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न
भक्तपुर, असोज १० गते । विश्व मानव अधिकार संरक्षण संगठन नेपाल को तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन उत्साहका साथ भक्तपुरमा सम्पन्न भएको छ। शनिबार भक्तपुरमा आयोजित एक समारोह बीच कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी (प्र.जि.अ.) विनोद कुमार खड्काले पानसमा बत्ती बालेर सभाको औपचारिक समुद्घाटन गर्नुभएको थियो। सो अवसरमा उद्घाटन मन्तव्य राख्दै प्रजिअ खड्काले मानव अधिकारको प्रवद्र्धन हुने गरी प्रशासनिक कार्य हुन आवश्यक भएको भन्दै संविधानले दिएका ३१ वटा मौलिकहरु कार्यान्वयले मानव अधिकार सुनिश्चित गर्न सकिने धारणा राख्नु भयो । संविधानको घारा १६ले स्वतन्त्रता पूर्व वाँच्न पाउने अधिकार रहेको भन्दै उहाँले नयाँ र युवा तथा जेष्ठ नागरिकहरु समेत मोबाइलमा झुमेर समाज अष्ट व्यष्ट भएको प्रति चिन्ता व्यक्त गर्दै मानव अधिकार संरक्षणका लागि सबै एक जुत हुन आवश्यक भएको जोड दिनु भयो । उहाँले मानव अधिकार प्रवद्र्धनकालागि जिल्ला प्रशासन कार्यालयले दिने सेवाहरुलाई व्यवस्थित पारेको उल्लेख गर्दै अव सेवाग्राहीले बाहिरबाट सेवा लिन नपर्ने गरी आवश्यक कम्प्यूटर सेवा विस्तार गरेको बनाउनु भयो ।
संस्थाका अध्यक्ष भरत खड्काको सभापतित्वमा आयोजित सो कार्यक्रममा संस्थाका सदस्य श्रीकृष्ण के.सी. ले स्वागत मन्तव्य व्यक्त गरेको थियो । उद्घाटन सत्रमा महासचिव र कोषाध्यक्षले संस्थाको साङ्गठनिक तथा वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा पूर्वमन्त्री भरतमणि जंगम, प्राध्यापक डा. उत्तम कर्माचार्य, समाजसेवी अनन्त धौभडेल, प्रहरी उपरीक्षक सूर्य बहादुर खड्का लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। समारोहमा प्रमुख अतिथिको मन्तव्यपश्चात् उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिनुका साथै लब थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। तत्पश्चात् वर्तमान कार्यसमिति भङ्ग भएको घोषणा गर्दै सभापतिले पहिलो सत्रको समापन गर्नुभएको थियो।