श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०८२र०८३ को सामाजिक परीक्षण, अभिभावक भेला तथा सरुवा भई जाने शिक्षकहरूसँगै एसईई उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान एवं बिदाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्र.अ. कल्याण प्रसाद अधिकारीले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक तथा प्रशासनिक अवस्थाका बारेमा विस्तृत विवरण पेस गर्नुभयो। सामाजिक परीक्षण प्रतिवेदनमाथि उपस्थिति सरोकारवाला, अभिभावक तथा शिक्षकहरूबीच सो अवसरमा छलफल तथा प्रश्नोत्तर गरिएको थियो।
जनसञ्चार टेलिभिजनका व्यवस्थापक प्रेमध्वज लामासहितका अतिथिहरुको आतिथ्यतामा आयोजित सो कार्यक्रममा विद्यालयबाट सरुवा भई जाने शिक्षक तथा कर्मचारीको बिदाइ र एसईई पास भएका विद्यार्थीलाई सम्मान तथा निवर्तमान शिक्षक, कर्मचारीहरूलाई सम्मानसहित बिदाइ गरिएको थियो । बिदाइ हुनुहुनेहरूमा शोभाकुमारी थापा, मोहनकृष्ण श्रेष्ठ, एलिशा थापा, शान्ता पराजुली, गोकुल प्रसाद अधिकारी, शर्मिला कार्की, निवर्तमान प्र।अ। रामशरण ढकाल, उद्धव प्रसाद जमकटेल, सरिता धिमाल र विष्णुलाल श्रेष्ठ रहनुभएको छ।


यसैगरी, क्भ्भ् २०८२ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका विद्यार्थीहरू रिजन खत्री ९३.६४ जिपिए, पूजा खड्का ९३.४५ जिपिए र जेनिफर तामाङ ९३.१३ जिपिए लाई सम्मानपत्रसहित पुरस्कृत गरियो। साथै, विद्यालय व्यवस्थापन समितिका तर्फबाट अतिथी लामाबाट एसईई पास भएका विद्यार्थीहरूलाई रु. ५,०००्र– बराबरको नगद पुरस्कार समेत वितरण गरिएको थियो।
छात्रवृत्ति तथा सहयोग वितरण कार्यक्रममा विभिन्न दाताहरूबाट प्राप्त छात्रवृत्ति समेत विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा शिक्षाप्रेमी ईमान सिंह खड्काबाट सहयोग कक्षा १ देखि ५ सम्मका छात्रछात्राहरूलाई दलित छात्रवृत्ति तथा पोसाक वितरण, उद्धव प्रसाद जमकटेलबाट रु। १५,०००।– बराबरको स्टेशनरी तथा पोशाक सहयोगर छात्रवृत्ति गरिएको थियो
सो सामाजिक परीक्षणबाट आगामी वर्षका कार्ययोजनाहरू विद्यालयले आगामी वर्षका लागि १० बुँदे कार्ययोजना पारित गरेको छ ।
कार्य योजनामाविद्यार्थी संख्या एवं उपस्थिति वृद्धि घरदैलो कार्यक्रम तथा परामर्श सञ्चालन गर्ने, भौतिक सुधार, खानेपानी, मर्मत तथा नयाँ धारा जडान र नयाँ शौचालयको सुधार गर्ने, गुणस्तर वृद्धि अतिरिक्त कक्षा तथा सूचना प्रविधि प्रयोग बढाउने, विज्ञान प्रयोगशाला निर्माणस् चाँगुनारायण नगरपालिका, बागमती प्रदेश र अन्य सरोकारवाला निकायहरूसँग बजेट माग गर्ने, खेलकुद खेलकुद सेवा तथा विस्तारका सामाग्री व्यवस्थापन गर्ने, कम्पाउण्ड घेरावारा, विद्यालय, चाँगुनारायण नगरपालिका र वडा नं। ७ को संयुक्त लगानी जुटाएर घेरावारा निर्माण गर्ने, शिक्षक तालिम, क्ष्ऋत् विज्ञमार्फत शिक्षकहरूलाई ब्क्ष् र क्ष्ऋत् तालिम दिने,शैक्षिक सामग्री, शिक्षक र विद्यार्थीको सहकार्यमा प्रभावकारी शैक्षिक सामग्री निर्माण तथा प्रयोग गर्ने, आचारसंहितास् क्ःऋ, एत्ब्, शिक्षक र विद्यार्थीहरूको आचारसंहिता निर्माण गर्ने र परामर्श सेवा, मनोचिकित्सकको व्यवस्था मिलाई विद्यार्थीहरूलाई काउन्सेलिङ तथा तालिम दिने रहेका छन् ।
क्ःऋ अध्यक्ष बिनिता केसीको सभापतित्वमा भएको सो कार्यक्रममा निवर्तमान प्र।अ। रामशरण ढकाल, सरिता धिमाल, शिक्षक प्रतिनिधि, प्र।अ। कल्याण प्रसाद अधिकारी लगायत प्रमुख एवं विशिष्ट अतिथिहरूले आफ्ना विचार तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी आशिश घिमिरेले बालबालिकालाई शिक्षाबाट बन्चित हुन नदिन श्री बागोहिणी माध्यमिक विद्यालयमा निःशुल्क भर्ना, विद्यार्थीलाई पढ्न आवश्यक पाठ्य सामग्री, झोला, ड्रेस र शुल्क समेत आफूले व्यवस्था गरिदिने प्रतिबद्धता जनाएका थिए ।














