हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई
मजदुर दैनिक राष्ट्रिय पत्रिकाले भक्तपुरको ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङसँगको सहकार्यमा नेपालमा भूप्रकोपका आयामहरु बारे जानकारी मूलक प्रस्तुतीकरण कार्यक्रम आयोजना गरेको छ । ख्वप इन्जिनियरिङ कलेजको सभाहलमा मंगलबार आयोजित सो कार्यक्रममा प्रस्तुतीकरण गर्दै भूगर्वविज्ञ डा. सुवेगमान विजुक्छेंले त्रिशुली सहित नदि र वस्ति क्षेत्रमा देखिएका ठूलठूला ढुंगाहरु पनि पहिरोकै अवशेष रहेको उल्लेख गर्दै भोटेकोशी हिमपहिरो नेपाली भूमिकै हिम सृखलाको स्खलनबाट भएको बताएका छन् ।
नुवाकोट र रसुवा सहितका बासिन्दाहरुले यो भन्दा अघि यस्तो कुनै ठूलो बाढी नआएको जिकिर गर्दै चीनियाँ ड्याम फुटेर नेपाली वस्ती डुबेको, अतुलनीय घनजनको क्षति भएको विदेशी सञ्चार माध्यमहरु तथा केही समुदायमा चर्चा भए पनि वास्तवमा त्यस्तो नभई गत २ वर्ष देखि चिरा पर्दै गएको नेपाली हिमाली भाग नै भासिएर गत भाद्र १० गते भोटेकोशीमा हिम पहिरो गएको बताएका हुन । सो पहिरो २ किलोमिटर नदी पर्के पनि फेरी नेपाल तर्फ नै फर्केर बिनास निम्त्याएको उल्लेख गरेका छन् । हिम नदी सहित रहेको सो क्षेत्र ठूलो चट्यानी भागसँगै प्रतिघण्टा १८० किलोमिटरको गतिमा पहिरो झरेको स्थलगत निरिक्षण र गुगलका फोटोहरुको तुलनात्मक अध्ययनले प्रष्ट पारेको डा. विजुक्छेले बताएका छन् । उहाँले गुगल र चिनीय प्राविधिकहरुले खिचेको विभिन्न भिडियो र फोटो तथा अन्य क्षेत्रमा भए गएका बाढीको तुलनात्मक अध्ययन गरी सो निश्किर्ष प्रस्तुत गरेका हुन । कतिपयले भुकम्प गएपछि आएको बाढी भनिए पनि तथ्यगत अध्ययनले भिषण पहिरोका कारण अन्य भूभाग समेत कम्पन भएर भूकम्प आए जस्तो भएको उल्लेख गर्नु भयो । पोखरा शहर आठ सय वर्ष पहिला अन्न पूर्ण हिमाल भासिएर बनकोले सो क्षेत्रमा बेला बेला भासिने गरेको चर्चा गर्दै त्रिशुली नदि क्षेत्रका २० मिटर भन्दा लामा ढुंगाहरु पनि ५ हजार वर्ष पहिले आएको यस्तै विनासकारी बाढीले बगाएर ल्याएका अवशेष भएको पनि उल्लेख गर्नु भयो । पहाडका खुल्ला ठाउँहरु पनि पहिरो गएकै कारण यस्तो भएको चर्चा गर्दै यस्तै खुल्ला ठाउँमा बस्ति बस्न रुचाउने भएकाले बेला बेला आउने विनासकारी बाढीबाट मानविय क्षति भएको चर्चा गर्दै उहाँले यस बारे जनचेतना र सूर्व सूचना प्रविधिको विकास गर्न आवश्यक भएकोमा जोड दिनु भयो ।
सो प्रस्तुती माथि थप प्रष्ट पार्दै ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले जलवायु परिवर्तनका कारण तापक्रम बढेर पनि यस्तो बाढी आएको उल्लेख गर्दै सो क्षेत्रमा अझै पनि विनासकारी बाढी आउन सक्ने चिराहरु रहेको भिडियो प्रस्तुत गरेका थिए ।
मजदुर दैनिकका सम्पादक उद्धव सुजखुको सभापतित्वमा आयोजित सो कार्यक्रममा जनप्रतिनिधी योगेन्द्रमान विजुक्छे, ख्वप कलेज अफ लका शिक्षक, नेक्राविसंघका सुरेश परियार, सुजि ह्योंग्वजुका सहितका प्रस्तोताहरुले नेपालमा भूप्रकोपका आयामहरु बारे विभिन्न प्रस्तुतीकरण गरेको थियो ।













