‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
काठमाडौँ / भक्तपुर
‘भक्तपुर विकास सहयोग संघ’ ले जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत हस्तान्तरण गरेको १०० थान लाश राख्ने ब्याग (Human Remains Pouch – HRP) सम्बन्धित क्षेत्रमा पुगेको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कार्यालयका जिम्मेवार पदाधिकारीका अनुसार हिजो बुझाइएको उक्त सामग्री आज अपरान्ह ५:०० बजे जिल्ला प्रशासन कार्यालय रसुवाले विधिवत् प्राप्त गरी बुझिलिएको छ।
प्राकृतिक विपत्ति तथा संकटको यस घडीमा उद्धार र शव व्यवस्थापनका लागि अत्यावश्यक मानिने HRP ब्यागहरू रसुवा पुगिसकेकाले आवश्यक समन्वय तथा विवरणका लागि रसुवा प्रजिअ कार्यालयमा सम्पर्क गर्न भक्तपुर विकास सहयोग संघले सम्बन्धित सबैलाई अनुरोध गरेको छ।














