‘बा एक योद्धा’ भदौ १९ देखि विश्वभर प्रदर्शन हुदै
काठमाडौं, २० श्रावण ।
आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालद्वारा निर्मित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि विश्वभर प्रदर्शनमा आउने भएको छ ।
निर्माता लम्सालले कृष्ण जन्माष्टमीको शुभ अवसर पारेर ‘बा एक योद्धा’ दर्शकमाझ ल्याउन लागिएको बताए ।
निर्माता लम्सालका अनुसार ‘बा एक योद्धा’ केवल एउटा चलचित्र मात्र नभई हरेक परिवारले अनुभूति गर्ने बुवाको संघर्ष, त्याग र प्रेमको कथा हो ।
‘हामीले एउटा यस्तो चलचित्र बनाउने प्रयास गरेका छौं, जसले दर्शकलाई आफ्नै परिवार र आफ्ना सम्बन्ध सम्झन बाध्य बनाओस्,’ निर्माता लम्सालले भने, ‘चलचित्र हेरेर एउटा परिवारमा बाको योगदान कति हुन्छ ? त्यसको महशुस हरेक सन्तानलाई महशुस गराउने कोशिस गरेका छौ ।’
हरि लम्सालको निर्देशन रहेको चलचित्रमा उनले कथा तथा पटकथासमेत तयार पारेका छन् । डा. कृष्णहरि बराल, डा. राजुबाबु श्रेष्ठ र सञ्जीव थापाका शब्दमा रहेका गीतमा हरि लम्सालकै संगीत रहेको छ।
चलचित्रको मुख्य आकर्षणमध्ये एक हो– दिव्यदेव पन्तले निर्वाह गरेको बुवाको भूमिका । परिवारको खुसीका लागि आफ्ना रहर र चाहना त्याग गर्ने एक साधारण बुवाको असाधारण यात्रालाई उनले जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।
त्यस्तै, झरना थापा आमाको भूमिकामा देखिएकी छन् भने सुहाना थापाले छोरीको भूमिका निर्वाह गरेकी छन् । सागर खनाल र सुप्रज्ञा शर्माले छोरा–बुहारीको भूमिकामा पारिवारिक सम्बन्धका भावना र उतारचढावलाई पर्दामा प्रस्तुत गरेका छन् ।
चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मासहित शिशिर शिवाकोटी, अनिल बुढाथोकी, माउत्से गुरुङ, सबी थापा, चन्द्र नेपाल, कृष्णप्रसाद ढुंगाना, अञ्जन ढकाल र करण शाहलगायत कलाकारको अभिनय रहेको छ । चर्चित अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिनेछिन् ।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन् ।
करिब २ करोड ७५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको चलचित्रको छायांकन काठमाडौं र काभ्रेको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र पनौतीमा गरिएको हो ।
झन्डै दुई दशकदेखि अमेरिकामा बस्दै आएका बसन्त लम्साल व्यवसायसँगै गीतकार, संगीतकार र गायकका रूपमा पनि परिचित छन् । समाजसेवा र चलचित्र निर्माण क्षेत्रमा सक्रिय लम्सालले निर्माण गरेको ‘बा एक योद्धा’ दोस्रो चलचित्र हो ।
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...














