नेपालभाषाका हास्यव्यंग्य साहित्यकार रामशेखरया ख्याल: ब्वज्या: सम्पन्न ।

नेपालभाषाका हास्यव्यंग्य साहित्यकार रामशेखरया ख्याल: ब्वज्या: सम्पन्न ।

सत्यराम कासिछ्वा भक्तपुर, साउन १९ । नाट्यकर्मी समाजको आयोजनामा गत साउन ९ देखि १९ गतेसम्म ११ दिने रामशेखरया ख्याल: ब्वज्या आस्था थियटर लिवालीमा मंगलबार सम्पन्न भएको छ । उक्त एघार दिने ख्याल: ब्वज्या: मा नेपालभाषाका हास्यव्यङ्ग्य साहित्यकार, कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित ९ ख्याल:हरु नेपालभाषामा प्रदर्शन गरेको थियो । भने “तन्त्र टाब्लेट” नामक ख्याल: नेपालभाषा र नेपाली भाषामा मञ्चन गरिएको थियोे । उक्त प्रदर्शनमा पहिलो दिन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको “खेल खत्तम”, दोस्रो दिन ख्वप कलेजको “छेरावती द्य”, तेस्रो दिन स्टार वाचनालयको “१२ बजे”, चाैथो दिन बहुरङ्गी रंगकर्मी समूहको “खुँयाता ज्वँ ज्व”, पाँचौं दिन बाल बिकास इङ्गलिस सेकेण्डरी स्कुलको “तन्त्र टाब्लेट” नेपाली भाषामा, छैटौं दिन प्रभात इङ्गलिस सेकेण्डरी स्कुलको “खुँ”, साताैं दिन श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको “तन्त्र टाब्लेट”, आठौं दिन नेक्राविसंघ भनपा १ को “टुरिष्ट गाइड”, नवाैं दिन सहिद निर्मल-पुष्प स्मृति वाचनालयको “अस्पतालया जा”, दसौं दिन जेँला सांस्कृतिक समाजको “रानी पुखु” तथा अन्तिम दिन पुनः स्टार वाचनालयको “१२ बजे” नामक ख्याल: मञ्चन गरिएको थियो ।  जसमा २/२ वटा विद्यालय, सहकारी संस्था, वाचनालय तथा १/१ वटा कलेज, सांस्कृतिक समाज, रंगकर्मी समूह, जनवर्गीय संगठनले ख्याल: प्रस्तुत गरेको थियो ।

११ दिन प्रस्तुत ९ ख्याल:हरुमा कलाकारहरूको बेजोड तथा जीवन्त अभिनयले तत्कालीन समाजमा स्वास्थ्य, शिक्षा तथा अन्य सरकारी सेवा क्षेत्रमा सर्वसाधारणको पहुँच नहुँदा जीवन गुजाराका लागि चोरी, भ्रष्टाचार तथा घुसखोरी गर्ने प्रवृत्तिलाई चित्रण गरिएको छ । प्रत्येक ख्याल: ले स्वास्थ्य, शिक्षा तथा अन्य सरकारी सेवा क्षेत्रमा नातावाद कृपावाद जस्ता अपराधबाट समाजमा फैलिएको जातीयतालाई गाैण मानेको छ । साथै मानवीय संवेदनशीलताप्रतिको ह्रासलाई उजागर गर्दै जातीय विभेद र विरोध भन्दा पनि सामाजिक एवम् राजनीतिक समसामयिक विकृति विसंगति तथा घटनाहरुप्रति व्यंग गरिएको छ ।  स्टार वाचनालयले प्रस्तुत गरेको उक्त ख्यालको किशोर गोसाईले निर्देशन गर्नुभएको थियो भने सोको कला संयोजन विकास तमखुले गर्नुभएको थियो ।  प्रस्तुत ख्यालले तत्कालीन समाज र समयको भ्रष्टाचार, कालो बजारीकरण, घुसखोरी तथा कमिसनतन्त्रलाई उजागर गर्दै सामाजिक विकृति विसंगति विरुद्ध व्यंग्य गरिएको थियो ।  नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले तत्कालीन समाजमा भएको वर्गीय समाजको यथार्थ चित्रणसहित लेखिएका नाटक, ख्याल: गजल तथा गीत जस्ता साहित्यहरु रचना हुने बताउँदै नेमकिपाका केन्द्रीय अध्यक्षद्वरा रचित “जनताको साहित्य र साहित्यकार” बारे नयाँ पुस्ताले अध्ययन गर्न जोड दिनुभयो ।  उहाँले सांस्कृतिक विधा अन्तर्गतको साहित्य समाजको सेवाका लागि आवश्यक भएको बताउँदै मार्क्सवादी साहित्य,यथार्थवादी साहित्य, प्रगतिशील साहित्य बारे नयाँ पुस्ताले बुझ्न आवश्यक भएको बताउनुभयो । प्रहसनपछि आशकाजी थकु न्हिसुतु ले प्रस्तुत ख्याल: को लिपी नभए पनि साथीहरूबीच सल्लाहबमोजिम तयार भएको नेपालकै पहिलो ख्याल १२ बजे रहेको बताउँदै सत्यमोहन जोशीको तर्फबाट मुनास: को ख्याल प्रतियोगितामा सहभागिता र ख्याल निर्माणको पृष्ठभूमि तथा नेपाल टेलिभिजनमा पहिलो हास्यव्यङ्ग्य नाटक प्रस्तुती बारे जानकारी दिनुभयो ।  ख्याल :को अवलोकनका लागि किर्तिपुर, बोडे तथा पनाैतिका दर्शक, विद्यार्थी, शिक्षक, समाजसेवी, बुद्धिजीवी, समालोचक, साहित्यप्रेमी, अभिभावक परिवारसहित दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको छ ।