ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रम
भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा बि.सं.२०२६ असार १९ र बि.सं. २०२५ साउन २ गतेको ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रम केन्द्रीय सदस्य उकेश कवाँको प्रमुख आतिथ्यतामा सकोलानमा एक समारोह बीच शनिवार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँले आर्थिक असमानता भएसम्म भ्रष्टाचार हुने भएकोले यो पुजिवादी व्यवस्थामा पैसा कमाउन आमाबुबा वकिल बनाउन चाहने तर छोराछोरीहरु देशको सेवा गर्न शिक्षक बन्न चाहने अवस्थाको मानसिकता नै भ्रष्टाचारको गन्ध आउँछ भन्नुभयो । उहाँले तत्कालीन अवस्थामा मोही नाइकेले बाली उठाउँदा समेत कमिशन खाने उदाहरण दिँदै सबभन्दा डरलाग्दो जनताले तिरेको भ्यात छुट दिनु र कर छलि गर्नु ठूलो अपराधी हो भन्नुभयो । उहाँले भ्रष्टाचार गरेको सम्पत्ति जफत गरी सरकारीकरण गर्नुपर्नेमा स्वघोषणा गराई बैध गर्नु, सामन्त र पुँजिपति वर्गको हितमा कानुन बनाउनु पनि भ्रष्टाचार नै भएकोले नेमकिपाले विगत ५६÷५७ बर्ष अगाडिदेखि भ्रष्टाचार विरोधी आन्दोलन गर्दा समेत देशमा ठूल्ठूला भ्रष्टाचार काण्ड हुनु भनेको बैज्ञानिक समाजवाद नआई यसको समाधान नहुने बताउनुभयो । उहाँले पुँजिवादी गर्वबाट नै भ्रष्टबाट सिंचित अहिलेको सरकारले बजेट बनाउँदा करको दर चुहाइ बिवाइडि गाडिमा अर्थ मन्त्रीले २ अर्ब धुस लिएको आशंका गरेको पत्रपत्रिकामा आएको बताउँदै पुजिवादी विचार भएसम्म भ्रष्टाचारको अन्त्य नहुने र ग्रेलिस्टमा परेकोले अन्तर्राष्ट्रिय जगतलाई र जनताको आँखामा धुलो छाप्ने गरी ठूला भ्रष्ट्राचारीहरुलाई सानो सानो कार्यवाहीको नाटक गरिरहेको बताउनुभयो । उहाँले विदेशीहरुले नेपालको प्रकृतिक स्त्रोत साधन दोहन गर्न युवाहरुलाई भ्रष्ट बनाउने बताउनुभयो । उहाँले अहिलेको सरकार जनताको सरकार नभएको पुष्टि गर्दै समाजवाद उन्मुख संविधान भएको देशमा शिक्षास्वास्थ्य निःशुल्क गर्नुपर्नेमा कर लगाएको बताउँदै बरु नेमकिपाले शिक्षा स्वास्थ्य र प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भनस प्रतिनिधि राम प्रजापतिले भ्रष्ट आचरण नै भ्रष्टाचार भएकोले भ्रष्टाचार गराएर पार्टी फुटाउने गरेको २०१९ सालमा अखिल नेपाल किसान संघको फुटको उदाहरण प्रस्तुत गर्नुभयो भने पुरानो कुराले नयाँ उजागर गर्ने भएकोले नयाँ पुस्ताले पुरानो इतिहास थाहा पाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ९ का अध्यक्ष कृष्णभक्त लवजूले विदेशी सहयोग र ऋणले देश विकास नहुनु भ्रष्टचार कै कारण भएको बताउँदै भ्रष्टाचार विरोधि आन्दोलन र मोहियानी हक आन्दोलनले भक्तपुरका जनताका जीवनस्तर उकासेको बताउनुभयो ।
कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष नातिभाइ ह्योम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव रामकृष्ण प्रजापति र कोषाध्यक्ष के.बि. प्रजापतिले पनि बोल्नु भएको थियो ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














