टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी

टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी
काठमाडौं । गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को ३३ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट शनिबार नयाँ कार्य समिति चयन गरेको छ । प्रज्ञाभवन काठमाण्डौमा शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग निर्वाचित भएका थिए । प्रधानाङ्गले २१९ मत प्राप्त गरी प्रतिद्वन्दी उत्तमप्रसाद देवकोटालाई हराएका थिए । देवकोटाले १०७ मत प्राप्त गरेको थियो । यसै गरी महासचिवमा रोहितकुमार फुयालले १६३ मत प्राप्त गर्दा भक्तपुरका सुविन सितिखुले १६६ मत प्राप्त गरी विजयी भएका छन् ।


सचिवमा तेजबहादुर श्रेष्ठलाई पराजित गर्दै भक्तपुरका रविन भैनात्वले जितेको छ । भेनात्वले १८० मत प्राप्त गर्दा श्रेष्ठले १४६ मत प्राप्त गरेको थियो । यसै बीच कोषाध्यक्षमा चनकेशरी कोजूले १७४ मतका साथ प्रतिद्वन्दी ईश्वरबहादुर ढकाललाई पराजित गरेको थियो । ढकालले १५३ मत प्राप्त गरेको थियो ।
सचिव पद्मा विजयी भैनात्वले टुर्गानको नयाँ नेतृत्व चयन भएसँगै यस क्षेत्रको गुणस्तर, पर्यटकको सुरक्षा तथा देशको प्रतिष्ठा कायम राख्न गैरकानुनी रूपमा गाइडको काम गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम पूर्ण रूपमा नियन्त्रण गरी त्यस्ता गतिविधिमा कडाइका साथ प्रतिबन्ध लगाइने र ःपर्यटक पथप्रदर्शक (टुर गाइड) हरूलाई आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम, तालिम, परियोजना तथा सम्बन्धित संस्थाहरूमार्फत आवश्यक सहयोग, अवसर र प्रोत्साहन उपलब्ध गराइने कार्य प्रवद्र्धन गरिने जनाउको छ ।