बागमती प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा सहभागि हुने खेलाडीलाई शुभकामना

बागमती प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई आज गरियो बिदाई, शुभकामना
भक्तपुर, जेष्ठ २९ गते
तेस्रो बागमती प्रदेश खेलकूद प्रतियोगितामा सहभागि हुने भक्तपुरका २९४ जना खेलाडीलाई आज बधाई एवं बिदाई गरेको छ । जिल्ला खेलकूद विकास समितिले आज भक्तपुरमा एक समारोह आयोजना गर्दै प्रतियोगिता खेलाडीहरुलाई विदाई एवं बढाई ज्ञापन गरेका हुन । १५ वटा खेलहरु मध्ये १४ वटामा खेलाडीहरु उत्साहका साथ सहभागि भएको उल्लेख गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले यस पटक खेलाडीहरुलाई बिमासँगै खाना, बस्ने र भत्ता समेतको ब्यवस्था गरी प्रतियोगितामा खेलाडीहरुलाई विदाई गरेको बताउनु भयो । प्रदेश सरकारसँग सहकार्य गर्दै खेलाडीहरुको मनोबल बढाएर प्रतियोगितामा थप पडक पाउने गरी खेल प्रतियोगिताको तयारी भएको जानकारी दिनु भयो । जिल्लामा व्यवस्थित खेलमैदान नहुँदा क्षमता भएका खेलाडीहरुले समेत खेल्न नपाएको चर्चा गर्दै उहाँले चाँगुनारायण नगरपालिकास्थित बागेश्वरीका आकर्षक खेलमैदान बनाउने तयारी रहेको बताउनु भयो ।
फुटबल, एथलेटिक्स, बक्सिङ्ग, तेक्वान्दो, कराते, भलिबल, टेबलटेनिस, व्याटमिन्टन, जुडो, बुडिचाल, तेक्वान्दो कराते, क्रृकेट र पौडीमा २९४ भक्तपुरका खेलाडीहरु सहभागि हुने भएको खेल प्रशिक्षक राजु केसीले जनाएको छ ।
जिल्ला समन्वय समिति भक्तपुरको सहभाहलमा आयोजित सो कार्यक्रम जिससका निमित्त प्रमुख सुजाता बाडेको आतिथ्यतामा आयोजना भएको थियो ।

बागमती प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा सहभागि हुने खेलाडीलाई विदाई