ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,

ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
भक्तपुर, जेष्ठ २१ गते
भक्तपुर नगरपालिका वडा नं। ८स्थित लिवालीमा रहेको ख्वप्रिङ स्कुलको नयाँ ब्लकमा भिसन आगलागी भएको छ । सो आगलागीबाट ५० लाख भन्दा बढी क्षति भएको विद्यालयका भ्वाईस प्रिन्सिपल निराजन प्रजापतिले जनाएको छ । आगलागी गयराती १२ः४५ बजे भएको अनुमान गरेको छ । आगलागी भएको आधा घण्टा पश्चात मात्रै भक्तपुर बारुद्ध यन्त्र आइ पुगेको उल्लेख गर्दै उहाँले त्यतिबेलासम्ममा सो भवनका सम्पूर्ण पुस्तक, फर्निचरहरु जलेर नष्ट भइ सकेको बताउनु भयो । आगो नियन्त्रणमा आएपछि आज विहान देखि सरसफाई कार्य थालेको छ ।
विद्युत सर्त भई आगलागी भएको प्रारम्भिक अनुमान उहाँको छ । युकेजीका बालबालिकाको अध्यापनकालागि सो ब्लक हालै निमार्ण गरिएको उहाँले बताए ।
आगलागीले पूर्णरुपमा क्षेति भएको सो क्षेत्रको आज विहान भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति सहितका जनप्रतिनिधीले अबलोकन गरेका छन ।

Photo.The Voice of Bhaktapur