बैशाख महिनामा भक्तपुरमा १६ गम्भिर तथा जघन्य अपराधका घटना |
भक्तपुर, जेष्ठ ४ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले बैशाख महिनाभर भएका जिल्लाको शान्ति सुरक्षाका गतिविधिहरु बारे जानकारी प्रस्तुत गरेका छन् । नयाँ वर्ष २०८३ सालको आगमनसँग जिल्लामा भएका विभिन्न जात्रा पर्वको सेरोफेरोमा बैशाख महिनाभर भएको गतिविधि बारे आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश जबेगुले सो महिनाभर भक्तपुर जिल्लामा १६ वटा गम्भिर तथा जघन्य अपराधका घटना भएको जनाएको छ ।
यसरी भएका घटनाहरुमा १० वटा लागू औषध, २ वटा ज्यान मार्ने उद्योग र ४ वटा जवरजस्ती करणीका घटना भएको जनाएको छ । भने सो महिनामा १५ महिला र १५२ पुरुष प्रतिवबादीहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ। बैशाखा महिनामा १३६ मुदाहरु द्यर्ता भएकोमा ५७ वटा मुद्दा फर्छौट भएको उल्लेख गर्दै सूचना अधिकारी जबेगुले फैसला कार्यान्वयन तर्फ ५३ जना पक्राउ गरी ८ वर्ष १२ महिना ७५ दिनको कैद भुक्तान गराई ८६ लाख २९ हजार ३ सय १० रुपियाँ विगो रकम भराएको उल्लेख गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ ४४ वटा उजुरी परेको ३८ वटा मिलापत्रभएको जनाएको छ। सो महिनामा ८८ वटा दुर्घटनामा १४३ वटा सवारी साधान संलग्न भएको ४ जनाको मृत्यु तथा ११८ जना घाइटत भएको तथ्य पनि पूस्तु गरेको छ। साथै भक्तपुर प्रहरीले राजश्व छलिका १४ लाख ८२ हजार ९५१ रुपियाँ बराबारेको सामग्री बरामद गरेको जनाएको छ । साथै सो महिनामा आगलागि विपद्का ७ वटा घटनाबाट ५ लाख ९३ हजार बराबरको क्षति भएको भन्दै भक्तपुर प्रहरीले अबैध मदिरा नियन्त्रण गरी २ लाख २२ हजार रुपियाँ दण्ड जरिवाना गरेको पनि जनाएको छ।
भक्तपुरका विभिन्न सुरक्षाकमीहरुलाई जल विपद् उद्धार तालिम समेत दिएको भक्तपुर प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमहरु आयोजना गरी अपराध रोकथाम तथा नियन्त्रण एवं ट्राफिक व्यवस्थापन बारे जनचेनता फैलाएको पनि जनाएको छ।
Featured Posts – Style 1
मानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवस्यक ।
2026-05-18 Comments Off on मानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवस्यक ।
मानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवस्यक । ललितपुर, जेष्ठ ४ गतेमहिला र वालवालिकाको मानसिक स्वास्थ्य कल्याण...
नौबुँदे घोषणापत्र जारी गर्दै स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न
2026-05-18 Comments Off on नौबुँदे घोषणापत्र जारी गर्दै स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न
नौबुँदे घोषणापत्र जारी गर्दै स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्नभक्तपुर ःनौबुँदे घोषणापत्र जारी गर्दै भक्तपुर उद्योग वाणिज्य संघद्वारा आयोजित...
बैशाख महिनामा भक्तपुरमा १६ गम्भिर तथा जघन्य अपराधका घटना |
2026-05-18 Comments Off on बैशाख महिनामा भक्तपुरमा १६ गम्भिर तथा जघन्य अपराधका घटना |
बैशाख महिनामा भक्तपुरमा १६ गम्भिर तथा जघन्य अपराधका घटना |भक्तपुर, जेष्ठ ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले बैशाख महिनाभर भएका जिल्लाको...
पुरुषोतम महिनाको अवसरमा लक्ष्मीनरसिंहमा एक महिने रुद्राभिषेक सुरु
2026-05-17 Comments Off on पुरुषोतम महिनाको अवसरमा लक्ष्मीनरसिंहमा एक महिने रुद्राभिषेक सुरु
पुरुषोतम महिनाको अवसरमा लक्ष्मीनरसिंहमा एक महिने रुद्राभिषेक सुरुभक्तपुर, जेष्ठ ३ गतेआजबाट एक महिने पुरुषोतम महिना सुरु भएको छ । चन्द्रमास...
नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
2026-05-17 Comments Off on नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भक्तपुर, जेठ २ २०८३ एभरेस्ट स्कुल ले शैक्षिक सत्र २०८३ मा...













