बैशाख महिनामा भक्तपुरमा १६ गम्भिर तथा जघन्य अपराधका घटना |
भक्तपुर, जेष्ठ ४ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले बैशाख महिनाभर भएका जिल्लाको शान्ति सुरक्षाका गतिविधिहरु बारे जानकारी प्रस्तुत गरेका छन् । नयाँ वर्ष २०८३ सालको आगमनसँग जिल्लामा भएका विभिन्न जात्रा पर्वको सेरोफेरोमा बैशाख महिनाभर भएको गतिविधि बारे आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश जबेगुले सो महिनाभर भक्तपुर जिल्लामा १६ वटा गम्भिर तथा जघन्य अपराधका घटना भएको जनाएको छ ।
यसरी भएका घटनाहरुमा १० वटा लागू औषध, २ वटा ज्यान मार्ने उद्योग र ४ वटा जवरजस्ती करणीका घटना भएको जनाएको छ । भने सो महिनामा १५ महिला र १५२ पुरुष प्रतिवबादीहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ। बैशाखा महिनामा १३६ मुदाहरु द्यर्ता भएकोमा ५७ वटा मुद्दा फर्छौट भएको उल्लेख गर्दै सूचना अधिकारी जबेगुले फैसला कार्यान्वयन तर्फ ५३ जना पक्राउ गरी ८ वर्ष १२ महिना ७५ दिनको कैद भुक्तान गराई ८६ लाख २९ हजार ३ सय १० रुपियाँ विगो रकम भराएको उल्लेख गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ ४४ वटा उजुरी परेको ३८ वटा मिलापत्रभएको जनाएको छ। सो महिनामा ८८ वटा दुर्घटनामा १४३ वटा सवारी साधान संलग्न भएको ४ जनाको मृत्यु तथा ११८ जना घाइटत भएको तथ्य पनि पूस्तु गरेको छ। साथै भक्तपुर प्रहरीले राजश्व छलिका १४ लाख ८२ हजार ९५१ रुपियाँ बराबारेको सामग्री बरामद गरेको जनाएको छ । साथै सो महिनामा आगलागि विपद्का ७ वटा घटनाबाट ५ लाख ९३ हजार बराबरको क्षति भएको भन्दै भक्तपुर प्रहरीले अबैध मदिरा नियन्त्रण गरी २ लाख २२ हजार रुपियाँ दण्ड जरिवाना गरेको पनि जनाएको छ।
भक्तपुरका विभिन्न सुरक्षाकमीहरुलाई जल विपद् उद्धार तालिम समेत दिएको भक्तपुर प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमहरु आयोजना गरी अपराध रोकथाम तथा नियन्त्रण एवं ट्राफिक व्यवस्थापन बारे जनचेनता फैलाएको पनि जनाएको छ।
Featured Posts – Style 1
भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
2026-08-27 Comments Off on भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको...
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिनकाठमाण्डौ, भाद्र १० गतेआज विहान ८ बजे र ४० मिनेटमा गएको...
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिनभक्तपुर, भाद्र १० गतेभोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ ।...
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
2026-08-26 Comments Off on टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचितकाठमाडौं, २०८३ भदौ १० गते, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल)को ३१औँ वार्षिक...
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क विहिनभक्तपुर, भाद्र १० गतेआज बिहान करिब ९ बजे रसुवा भोटेकोशी आएको बाढी ले धेरैको...














