वडा नं. ७ मा स्वास्थ्य शिविर आयोजना
चैत्र २ ५ गते बुधबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नंं ७ कार्यालयको आयोजनामा ख्वप तिलगंगा आँखा अस्पतालको सहकार्यमा आँखा शिविर तथा सुगर प्रेसर जाँचसम्बन्धी स्वास्थ्य शिविर आज सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि ख्वप अस्पताललगायत नगरका विभिन्न स्थाहरुमा स्वास्थ्य केन्द्रहरु सञ्चालन गरिरहेको बताउनुभयो । साथै उहाँले नगरबासीहरुलाई विभिन्न जटिल स्वास्थ्य समस्या समाधानका लागि ख्वप अस्पताल स्थापना गरी सञ्चालन गरिरहेको जानकारी दिनुभयो । आधुनिक जीवन यापनसँगै मानिसहरुमा नयाँ नयाँ रोगहरु निम्तिरहेको बताउँदै प्रमुख प्रजापतिले आपूmलाई स्वस्थ बनाउन विशेष रुपमा खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भनपाद्वारा सञ्चालित ख्वप अस्पतालमा अति आधुनिक स्वास्थ्य उपकरणहरु र आवश्यक स्वास्थ्यकर्मीरुबाट जनताको सेवा गरिरहेको चर्चा गर्नु भयो । उहाँले भन्नुभयो – “निःरोगी मानिस खुशी हुन्छ । भक्तपुरबासीहरुलाई सुखी र खुशी बनाउन नगरपालिका सेवारत छ ।” कार्यक्रममा भक्तपुर नपा वडा नं। ७ का वडाध्यक्ष उकेश कवांले हाम्रो पहिचान बोकेको बिस्का जात्रालाई शान्तिपूर्ण र सभ्य रुपमा मनाउन आग्रह गर्दै जात्रामा खानपानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ख्वप तिलगंगा आँखा अस्पतालका डा। अञ्जु सुवालले आँखा हेर्दा सानो अंग भएता पनि यो महत्वपूर्ण अंग भएकोले आँखाको विशेष हेरचाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले आँखा पोल्ने, चिलाउने, रातो हुने जस्ता समस्या भएमा चिकित्सकको सल्लाह विना आपैmले औषधी पसलबाट औषधी किनेर लगाउँदा यसले दीर्घकालीन रुपमा आँखाको जटिल समस्या निम्तिन सक्ने बताउँदै प्रत्येक ६र६ महिनामा आँखा परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।















