बाराही साकोसको रजत वर्षको सुरुवात रक्तादान कार्यक्रम

बाराही साकोसको रजत वर्षको सुरुवात रक्तादान कार्यक्रम
भक्तपुर, असार ३० गते
बाराही साकोसले आफ्नो रजत वर्षको सुरुवात रक्तदानबाट गरेको छ । आज विहान सूर्यविनायक चोकमा रक्तदान कार्यक्रम आयोजना गरी बाराही साकोसले रजत वर्षको सुरुवात गरेका हुन । बाराही साकोस स्थापना भई कानुनी रुपमा दर्ता भएको मिति २०५५ श्रावण ४ गतेलाई स्थापना दिवसको रुपमा रजत वर्ष मनाएको संस्थापक अध्यक्ष राध्येश्याम सुवालले बताए । समुदायको बचतबाट समुदायकै लागि आवश्यक ऋण परिचालन गर्ने उदेश्यका साथ स्थानीय ३१ जना युवाहरुको समूहको सक्रियतामा स्थापना भएको बाराही साकोसले श्रावण ४ गते हुने जेष्ठ नागरिक सम्मान कार्यक्रमसँगै रजत वर्षका कार्यक्रमहरु घोषणा हुने साकोसका अध्यक्ष विश्वराम त्वायनाले जनाए । समुदायमा आधारित सहकारी भएकैकारण अन्य सहकारी भन्दा पृथक शैलीमा समुदायको विश्वासका साथ समुदायकै बीचमा विभिन्न कार्यक्रम आयोजना गर्दै रजत वर्ष मनाउन सुरु भएको निर्वतमान अध्यक्ष बलराम प्रजापतिले जनाए ।


रक्तसञ्चार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ५३ जना रक्तदाताले रक्तदान गरेको संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले जनसञ्चार खवरलाई जानकारी दिए ।
हरेक तिन तीन महिनामा रक्तदान गर्दै आएका कटुञ्जेका भिमबहादुर भुजुले भने आज रक्तदान गर्न पाउनु भएन । अस्ति मात्रै रक्तदान गरेकोले रक्तदान गर्न नसके पनि आफ्नै संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेकोले सहयोगका लागि सहभागि भएको भन्दै उहाँले आफ्नो आमालाई क्यान्सर भएको बेला उपचारका लागि रगतको जोह गर्न भोग्नुपरेको दुःख पीडालाई सम्झदै त्यसपछिका दिन देखि हरेक ३।३ महिनामा रक्तादान गर्दै आएको उहाँले बताए । हरेक नागरिकले रक्तदान गर्ने बानि बसालि दिएको भए विरामीलाई रगतको अभाव नहुने उनको भनाई छ ।

बाराही साकोसले यो रक्तादान कार्यक्रमसँगै श्रावण ३ गते सुकुन्दा र्याली र ४ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यताम जेष्ठ नागरिकहरुलाई सम्मानित तथा रजग वर्ष घोषणा कार्यक्रम हुने संस्थापक अध्यक्ष राध्येश्याम सुवालले बताए । यस वर्षको रजत वर्षमा २७३ जना जेष्ठ नागरिक सम्मानित हुने पनि उहाँले जनसञ्चार खवरलाई बताउनु भयो ।