रेडियाे जनसञ्चार टिभि/एफ.एम. र भसासकाे संयुक्त साहित्य वाचन कार्यक्रम ।
भक्तपुर,
भक्तपुर साहित्यिक समाजकाे २५ अाैं स्थापना दिवसकाे अवसरमा नियमित घुमन्ते साहित्यिक श्रृङ्खलाकाे ८० आे संस्करण र रेडियाे जनसञ्चार प्रसारणकाे १८ अाैं र जनसञ्चार टेलिभिजन प्रसारणकाे छैठाैं बार्षिकाेत्सवकाे अवसरमा आयाेजित साहित्य वाचन कार्यक्रममा २० जना स्रष्टाहरूले रचना वाचन गरेका थिए । देशकाे बदलिंदाे परिस्थितिमा अब देशकाे मुहार फेर्नुपर्ने विषय, विकास र समृद्धिकाे लागि सबै मिलेर साैहार्द्ध र एकताबद्ध हुनुपर्ने , जनमतकाे कदर गर्नुपर्ने, जनभावना अनुसार काम गर्नुपर्नेलगायतका विषयहरूलाई सहभागी स्रष्टा/सर्जकहरूले आफ्नाे रचना मार्फत् व्यक्त गरेका थिए । साे कार्यक्रममा स्रष्टाहरू सुशिला प्रधानाङ्ग (कविता), मानिक बाबु ग्वंग: (कविता), नरेन्द्र प्रसाद जाेशी(गजल) , काशिराम विरस (गजल), राजुराम मुनंकर्मी (कविता), कविन्द्र लाल प्रधान (कविता), गुहेश्वरी शाक्य (गीत), सुलाेचना सैंजु जाेशी (कविता), पुरूषाेत्तम प्रजापति (कविता), राजेन्द्र चित्रकार (कविता), राममणी ढुङ्गेल(लघुकथा), सुरेश राजभण्डारी(कविता), पवित्रा दहाल(छन्द कविता), मानन्धर अभागी(गजल), तेजकृ्ष्ण श्रेष्ठ(कविता), चन्द्रलाल भाेमी (कविता), निरन्जन मल्ल ठकुरी( लघुकथा) र सविता राजभण्डारी (लघुकथा),अमला महर्जन (गीत), चिरी माया महर्जन (कविता) ले रचना वाचन गर्नुभएकाे थियाे ।
भक्तपुर साहित्यिक समाजका कार्यसमिति सदस्य सुलाेचना सैंजुले कार्यक्रम सञ्चालन गर्दै समाजकाे गतिविधि र क्रियाकलापबारे प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा सहभागी सबैलाई रेडियाे जनसञ्चार प्रसारणकाे तर्फबाट कृतज्ञता ज्ञापन गर्नुभएकाे थियाे ।
कार्यक्रमकाे अन्तमा समाजका अध्यक्ष राजुराम मुनंकर्मीले समाजकाे २५ अाैं रजत महाेत्सवकाे अवसरमा वर्षभरिमा भएका प्रमुख कार्यक्रमहरू रक्तदान कार्यक्रम, नियमित घुमन्ते साहित्यिक श्रृङ्खला अन्तर्गत २०८१ फागुन देखि २०८२ चैत्रसम्म भएका ७५ अाैं देखि ८० अाैं सम्मका श्रृङखलाहरूकाे बारेमा चर्चा तथा अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम र साहित्य वाचन कार्यक्रमकाेबारे प्रकाश पार्नुहुँदै २५ अाैं रजत महाेत्सव समापन भएकाे घाेषणा गर्नुभयाे।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














