भक्तपुर, ७ बैशाख
लामो समयसम्म लक डाउनमा बस्नुपर्दा न्यूनआय भएका समुदाय थप पीडामा पर्न थालेका छन् । लक डाउन बढाए अनुसार सरकारले दोस्रो राहात वितरणको घोषणा नगर्दा प्रभावितहरु भौतारिन थालेका छन् । कोठामा खाद्यान्न सकियो, साथ साथै पैसा नि सक्यो, काममा जान पाएको छैन्, एक दुई हप्तामा लक डाउन खुल्छ होला भनि भएको पैसाले किनेर खाईयो । पहिलो लटको राहात पनि मागिएन अव त थाम्न सकिएन । कि राहात देऊ, कि घर जान देऊ विभिन्न जिल्लाबाट भक्तपुर बसोबास गर्ने समुदायले यतिबेला स्थानीय तह, वडा कार्यालयमा माग गर्न थालेका छन् ।
कि राहात देऊ, कि घर जान देऊ, खान नपाई मर्नु नै छ भने बरु रोग लागेर मर्नुपर्दा नि कुनै आपति छैन बाँचुजेल काम गरेर खान्छु बरु । यो भनाई भक्तपुर नगरपालिका वडा नम्वर ८ स्थित बसोबास गर्ने न्यून आय भएका समुदायको आवाज हो । उनीहरु कोही रामेछापका छन् त कोही सर्लाहीका हुन । भक्तपुरका ज्यालादारी र कपाल काट्ने काम गर्ने यी समुदायले सरकारले लक डाउनको समय बढाएसँगै आफूहरुलाई पनि राहातको व्यवस्था गरि पाऊन वडा कार्यालयमा अनुरोध गरी रहेका छन् । घरबेतीले भोत खसाल्ने व्यक्तिलाई मात्रै राहात दिन्छ, तिमीहरु यहाँको होइन राहात लिन नजाऊ भन्थे वडामा आउँदा कुपन दिएर मात्र राहात दिन्दो रहेछ । पहिलो राहात वितरण भइसेकेछ, दोस्रो राहात वितरण कहिलेबाट हुन्छ थाहा छैन तर कोठामा चामल सक्यो, गोजिमा पैसा नि सक्यो अव के गर्ने ? अस्ती पनि आए घरबेतीको सिफारिस पनि ल्याइदिए नागरिकताको फोटोकपी पनि दिइ दिए अव राहात कहिले आउने हो ? जनप्रतिनिधिसँग सोध्दै थिए ।
काम डाइभर, घर रामेछाप, ज्यान युवा नै छ, लक डाउन देखि कोठामै बसिरहेका, सरकारले डइभरलाई राहात दिने भनेकोले मात्र होइन राहात चाहिएकोले लिन आएको, नदिने भए नदिने भन्नुस् कि त हामीलाई घर जान दिनुस् उनको पनि कथा उस्तै थियो । भक्तपुरकै एक एकल महिलाको कथा पनि कमको छैन । उनको जीवन पूरानो घर झरिले रुझेर भत्किएपछि तहरामै बिति रहेको छ । श्रीमान् बितेको पनि ५ वर्ष नाघिसक्यो । कमाई केही छैन, जग्गा जमिन पनि छैन । काम गरेर खाउँ भनेको कहि जान सकिने अवस्था छैन् के गर्ने, वडा कार्यालयबाट राहात दिन्छ भनेर लिन आएको । यसरी गुनासो गर्दै राहातको माग गर्नेको संख्या लक डाउन लम्बिएसँगै बढ्न थालेको छ । भनपा ८ मा गत हप्ता ३५४ जना निवेदन दिएका मध्ये ३३४ जनालाई राहात कार्ड बाधेर पनि ३१६ जनाले मात्र राहात बितरण गर्यो । छुटेकाहरु अहिले दिनहुँ झै राहात लिन आउने गरेका छन् । उनीहरुलाई बितरण गर्ने हो भने अहिले राहातका लागि आएकाहरु हामीलाई दिएन भनेर गुनासो गर्ने भयो । दोस्रो राहात वितरणका लागि सरकारले कहिले ब्यवस्था गर्ने हो हामी प्रतिक्षामा छौं जनप्रतिनिधी शिव बालाले बताए । प्रभावितहरु आँखामा आँसु र्झादै आउँछन्, लक डाउनको समयाबढी बढाएसँगै सरकारले दोस्रो पटकको राहात बितरणको ब्यवस्था गर्नुपर्ने हो अहिलेसम्म हामीलाई खवर दिएको छैन् । आज मात्र ७० जनाले राहातका लागि विवरण बुझाएका छन् । सरकारले राहात वितरणका लागि अनुमति दिनुस् हामी आजै राहात वितरण गर्छौ । सरकारी मापदण्ड अनुसार अति आवश्यकलाई राहात दिन हामी तयार छौं । राहात आइपुगेको छैन, कसरी राहात वितरण गर्ने जनप्रतिनिधी बालाले पनि सरकारको ध्यानाकर्षण गराउँदै प्रभावितहरुलाई सम्झाउदै आएका छन् । राहात अति आवश्यक परेकाहरु दिनहँु आउँछन् । अति आवश्यकहरुको पहिचान गर्दै छौं उनले भने । सरकारले स्थानीय तहबाट राहात वितरण हुने भनिए पनि स्थानीय तहलाई राहात वितरणका लागि पर्याप्त श्रोत उपलब्ध नगराउँदा र दोस्रो राहात वितरण गर्न निर्देशन नआउँदा राहात वितरणमा धिलाई भइरहेको छ । पहिलो लतको राहात वितरणमा ७ लाख खर्च भयो त्यो पनि भूक्तानी भएको छैन्। नयाँलाई कसरी राहात वितरण गर्ने सरोकरवाला निकायले ध्यान दिए जस्तो देखिएको छैन्, जनप्रतिनिधी बाल बताउछन्।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...












