भक्तपुर, बैशाख २१ गते
अरनिको राजमार्गमा सवारीको चाप बढेसँगै डिस इन्फेन्सर गर्न थप चुनौती थपिएको छ । सरकारले लक डाउनको समय बढाएसँगै सडकमा सवारीको चाप पनि बढ्न थालेपछि गाडी डिस इन्फेन्सरमा परिचालित स्वयंसेवकहरुले ग्राहो महसुस गर्न थालेका हुन । लक डाउनमा दैनिक ५।६ सय गाडी गुडि रहेको सडकमा आजभोलि ५।६ हजार गाडी गुड्न थालेपछि कोरना भाइरसको जोखिम व्यवस्थापनका लागि खति रहेका स्वयंसेवकहरुलाई गाडीमा डिस इन्फेन्सर गर्न ग्राहो हुन थालेको स्वयंसेवक दिनेश बाटीले बताएका छन् । सवारी चाप बढेसँगै स्वयंसेवक र डिस इन्फेन्सर सेट पनि बढाएको उहाँले बताएका छन् । यद्यपी गाडीको चाप बढ्दा धान्न चुनौती रहेकाले डिस इन्फेन्सर टनेल नै राख्न वा अन्य विकल्प खोज्न आवश्यक भएको उहाँ जस्तै दैनिक खतिरहेका स्वयंसेवकहरुको भनाई छ । अरनिको राजमार्ग भएर भक्तपुर गुड्ने सवारीको चाप बढेसँगै प्रहरी चेक जाँचमा पनि कडाइ गरेको छ । सवारी पास, परिचय पत्र तथा सवारी चालक अनुमति पत्र समेत चेक जाँच गर्दा नकली परिचय पत्र, लाइसेन्स समेत जफत हुन थालेको छ । स्वास्थ्य विभागबाट भक्तपुर अस्पतालमा हिडेका विष्णु बास्तोलाको भने सवारीचालक अनुमति पत्र नविकरण थालेकोे ९ महिना भइसक्दा पनि सम्बन्धित कार्यालयले उपलब्ध नगाउँदा टफिक कार्वाहीमा पर्नु परेको गुनासो गरेका छन् । नविकरणको चित लिएर कति दिन हिड्ने ९ महिना भइसक्दा पनि स्मार्ट लाइसेन्स पाउन सकेको छैन, उहाँले गुनासो गर्नु भयो ।

बैशाख २ गतेसम्मको लक डाउनमा दैनिक ५।६ सय सवारी गुडी रहेको सो नाकामा हाल घण्टामा ३।४ सयसम्म गाडी गुड्ने गरेको भन्दै सवारी साधनको निर्मलीकरणमा जुति रहेका रेडक्रसकर्मी बाटीले विहान ८ बजे देखि ५ वजेसम्म देनिक ५।६ हजार भन्दा बढी गाडी गुड्ने गरेको पाएपछि गाडी निर्मलीकरण गर्ने स्वयंसेवकको टोली समेत बढाउनु परेको जनाएको छ । सहयात्रा राष्ट्का लागि युवाले यात्रु, चालकहरुको ज्वरो नाप्ने, रेडक्रस भक्तपुरका स्वयंसेवकहरुले गाडी, मोटर साईकल मात्र होइन साइकल समेतलाई निर्मलीकरणको स्प्रे छर्की रहेका छन् भने नेपाल प्रहरी र टफिक प्रहरीले सवारी रोक्ने, चेक जाँच गर्ने अभियान जारी राखेको छ । सवारीको आवागणमा वृद्धि भएसँगै स्वयंसेवकहरुलाई भ्याइ नभाई भएपछि सो नाकामा डिस इन्फेक्सन टनेल नै राख्न आवश्यक भएको स्वयंसेवकहरुको भनाई हो । तर अरनिको राजमार्ग हुँदै साना ठूला गाडी गुड्ने भएकाले डिस इन्फेक्सन टनेलले मात्रै संभव नहुने, मोटर साईकल र साइकलका चालक तथा यात्रुलाई समस्या हुने भन्दै स्वयंसेवक वाटीको बुझाइ छ । स्वयंसेवकलाई एक हातले गाडीमा स्प्रे छर्कर्ने अरुको हातले पम्प गर्नुपर्दा शारीरिक रुपमा ग्राह्रो भइरहेको छ । अटोमेटिक डिस इन्फेन्सर सेट चलाउन पाएको भए धेरै सजिलो महसुस हुने स्वयंसेवकहरुको भनाई छ । त्यसमाथि खाना खाने ठेगान समेत नहुने गरी २५ किलोको डिस इन्फेक्सन ट्याकी बोकि घामपानीमा समेत सेवामा खतिनुपर्दा एकातिर गाह्रो र अर्को तर्फ स्वयंसेवा गर्न पाउँदा मरेपछि स्वर्ग जान पाईने मनोकाक्षाका कुरा समेत मनमा खेल्ने गरेको स्वयंसेवक बाटी बताउँछन् । दिनभर घामपानीमा रेडक्रसका स्वयंसेवकहरु चाउ चाउ र जुसको भरमा कोरना भाइरसको जोखिम व्यवस्थापनमा जुति रहेका छन् । जडिबुटी नाकामा आईतबारसम्ममा कुष्ण गारु पनि स्वयंसेवकको रुपमा खतेको ४ दिन भयो, काममा खितिन्दा गाह्रो भए पनि सेवा दिन पाएकामा सन्तुस्ती र प्रोत्साहित भइरहेको उहाँले बाएका छन् । दिनभर खतिन्दा हात खुट्टा गल्नेगरेको स्वयंसेवकहरुको भनाई छ । लक डाउन लक डाउन जस्तै भएन स्वयंसेवक सुमन सुवालले बताए । केही दिन देखि जतिबुटी नाकामा सवारीको चाप बढ्न थालेको उहाँको भनाई हो । गाडीमा संक्रमितले छोए पनि बाह्य संक्रमण नहोस भन्नका लागि मानिसले बढी छुने सवारी साधनका ठाउँमा डिस इन्फेन्सर गर्दै आएको उहाँले बताए । रादिप तुलाँगे पनि दुई दिन स्वयंसेवकको रुपमा खति सकेका छन् । स्वयंसेवक भएर खत्न पाएकोमा आनन्दित महसुस भइरहेकोे भन्दै उहाँले आफूहरु जस्तौ सबै जना आआफ्नो क्षेत्रमा यसरी नै सचेतनामूलक सेवामा योगदान गर्न सकिने विचार राखेका छन् ।

स्वयंसेवकको रुपमा परिचालन जिल्ला संकट व्यवस्थापन सेन्टरको निर्णय अनुसार भक्तपुर भित्रिने सवारी साधनलाई निर्मलीकरण गर्ने अभियान अन्तर्गत भक्तपुरको जगाति र जडिवुटीमा चेक पोष्ट खडा गरी जोखिम व्यवस्थापन गर्दै आएको हो । जगाति प्रहरी चेक पोष्टमा सहायता कक्ष समेत स्थापना गरेको छ । साँगामा रहेको डिस इन्फेक्सन टिम भने हिजो आज जगाति प्रहरी चेक पोष्टमा सरेको छ । सो क्षेत्रबाट पनि यात्रुको ज्वरो नाप्ने, यात्रु विवरण संकलन गर्ने तथा सवारी साधनको निर्मलीकरण कार्य भइरहेको छ । यस अभियानमा पनि नेपाल प्रहरी, टफिक प्रहरी र नेपाल रेडक्रस सोसाइटी भक्तपुरका तालिम प्राप्त स्वयंसेवकहरु परिचालत भएका छन् । जिल्लामा रहेका रेडक्रसका विभिन्न १९बटा उपशाखाहरुका स्वयंसेवकहरु पालै पालो खति रहेका स्वयंसेवकहरुको भनाई छ ।














